fbpx

नेतृत्वको विकल्प खोज्ने समय आयो : राप्रपा अध्यक्ष लिङ्देन

नेतृत्वको विकल्प खोज्ने समय आयो : राप्रपा अध्यक्ष लिङ्देन


मुरली गोडिया, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाको विकल्प खोज्ने समय आएको बताएका छन । बर्दियाको गुलरियामा अयोजित विशाल आमसभालाई सम्बोदनगर्दै अध्यक्ष लिङदेनले अहिलेको राजनैतिक नेतृत्व तथा व्यवस्थालाई साथ दिए आफ्नो भविष्यसँगै भावी सन्ततीको भविष्य समाप्तीमा सहभागी भएको ठहर हुने बताएका हुन ।

बर्तमान सरकारले देश तथा जनताका समास्यालाई समाधान गर्न नसकेको भन्दै उनले अहिलेका राजनैतिक नेतृत्व तथा व्यवास्थाको विकल्प खोज्नु पर्ने समय आएकोमा जोड दिए । नेपाल सामान्य अवस्थामा नरहेको उनको भनाई छ । कृषी प्रधान देशमा कृषकलाई उचित मात्रामा मल तथा विउ दिन नसक्ने सरकार संग बढी अपेक्षा गर्नु गलत भएको बताए । कृषकले अनेक समास्या झेल्दै उत्पादन गरेको कृषी उपजको उचित मुल्य पाउन नसक्नु ठुलो दुर्भाग्य भएको उल्लेख गरे ।

बाहिरी आँखाले हेर्दा देश ठिकठाक रहेको देखिए पनि त्यसो नभएको उनको भनाई थियो । विभिन्न शाक्ति राष्ट्रहरु प्रतिस्पर्धा गर्दै देशमा भित्रीइ अनेक क्रियाकलाप गरेको बताए । आम सभामा राप्रपाका महामन्त्रि धवल शम्सेर जवरा, कुन्ति शाही, प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही, केन्द्रिय सदस्य तथा अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए । आमसभा कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि ३ सय ७५ जनाले राप्रपामा प्रवेश गरेको राप्रपा बर्दियाका अध्यक्ष भीम बहादुर बोहराले बताए ।

तपाइको मत