fbpx

बढैयाताललाई जातिय भेदभावमुक्त पालिका घोषणा गरिँदै

बढैयाताललाई जातिय भेदभावमुक्त पालिका घोषणा गरिँदै

अनोज थारु, बढैयाताल । बढैयाताल गाँउपालिकालाई चैत १३ गते जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गर्ने तयारी भएको छ । बढैयाताल गाँउपालिकालाई जातिय बिभेद तथा छुवाछुत मुक्त पालिका बनाउने उद्देश्यले कार्यपालिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बढैयाताल गाँउपालिकाको आयोजना र दलित महिला संघ बर्दियाको समन्वयमा जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गर्न लागिएको जानकारी दिईएको छ । अहिले पनि ग्रामिण तथा सहरी क्षेत्रमा भित्रभित्रै जातिय भेदभाव तथा छुवाछुत भैरहेको छ । त्यसकारण जातिय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने उद्देश्यले सिंगो गाँउपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा बुद्धिजिवी नागरीक समाजका अगुवाहरु लाग्नु पर्ने पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

घोषणा कार्यक्रमको तयारीको लागि गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमको संयोजकत्वमा मुल प्रचार प्रसार समिति गठन गरीएको छ । प्रत्येक वडाहरुमा वडा अध्यक्षहरुको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गर्ने र प्रत्येक गाँउगाँउमा प्रर्चा, पम्लेट सहित अटोमा माईकिङग गर्ने समेत गरीने भनिएको छ । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले कार्यक्रमको सहजिकरण गर्नु भएको छ ।

तपाइको मत