श्रमीकको भावनात्मक श्रमको अवमुल्यन नगरौं
- शनिबार फाल्गुण २८ , २०७८
स्वर्गिय सुर्यराज गौतम तथा स्वर्गिय माता सुर्यलक्ष्मी गौतमको एकमात्र पुत्रको रुपमा विक्रम संम्वत २०३२ सालमा बर्दियाको गुलरीया नगरपालिका वडा नम्वर ६ मा जन्मनु भएका प्रविण राज गौतम हाल अमेरीकामा विद्यावारीणीगर्दै हुनुहुन्छ । स्थापना काल देखी ९ वर्ष सम्म काठमाण्डौमा बर्दियाली एकता समाज नेपाल नामक संस्थामा महासचिवको कार्यभार सम्हाली बर्दियालीहरुलाई बर्दिया विकासको लागि एकै ठांउमा ल्याउन सफल रहेका गौतम विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसंन्धान सम्मेलनको अनुसंन्धान लेख मुल्याङ्कन समितिमा रहेर समेत काम गरी सक्नु भएको छ । अध्ययनको सिलसिलामा स्टेट यूनिभर्सिटी अफ न्यू योर्कबाट जनशक्ति विकासमा विशेषज्ञता हासिल गरी सक्नुभएको छ । काठमाण्डौ विश्वविद्यालय र यूनिभरर्सिटी अफ द कम्वरल्याण्डस् केन्टुकी अमेरीकाबाट विकाश अध्ययन मा पि.एच.डि. अध्ययनको अन्त्य तिर आइ पुग्दा अमेरीकामा आफुले सिकेको कुरा लाई नेपालमा ल्याउने जमर्को गरी रहनु भएका नेपालका एक युवा को “भावनात्मक श्रम” को अवधारणा नेपालमा स्थापित गर्ने योजनाको वारेमा चुरेकुञ्जले गौतमसंग अमेरीकाबाट गरेको महत्वपुर्ण कुराकानीको प्रमुख अंश ।
नेपालको लागि अत्यन्त नयाँ विषय “भावनात्मक श्रम” को वारेमा विभिन्न संचार माध्यमहरुमा तपाइको लेखहरु प्रकाशित भै राखेको छ “भावनात्मक श्रम” भनेको के हो ?
“नेपालको लागि यो नयाँ विषय भएपनि जनशक्ति विकासमा भावनात्मक श्रम नयाँ भने होइन । करिव ४० वर्ष पहिले समाजशास्त्री डा. अर्ली होच्स्चिल्ड को किताव द मैनडेड हर्टमा पहिलो पटक यसको वारेमा लेखिएको थियो । त्यस कितावमा तिन फरक फरक तर सम्बन्धित शव्दहरु बाट परीभाषित भएको “भावनात्मक श्रम” मा प्रथम, “नियमको महसुस गर्नु” जसले काममा भावनात्मक मापदण्ड स्थापित गर्दछ र रोजगार दाताले श्रमिकसंग त्यसको अपेक्षा गर्दछ । दोस्रो “भावना व्यवस्थापन”,जसले श्रमीकको भावनाहरु लाई प्रतिवन्धित गर्नको लागि आवश्यक कार्य निर्धारण गर्दछ र तेस्रो “भावनात्मक श्रम” जुन रोजगारदाताले श्रमिकहरुलाई केहि भावनाहरु नियन्त्रण गरी कार्य गर्नको लागि वाध्य गर्दछ । यहां भावनात्मक श्रम भन्नाले त्यस्तो काम हो जर्हां एक व्यक्तिले आफ्नो भावनाहरु लाई नियन्त्रण गर्नुपर्ने महसुस गर्दछ तथा रोजगारदाताले ग्राहकको सेवा गर्ने कर्मचारीहरु अपमानजनक परिस्थितिमा पनि मुस्कुराउँदै काम गर्नुपर्छ भन्ने माग राख्दछ भने त्यो भावनात्मक श्रम हो ।
भावनात्मक श्रमको वारेमा वहस गर्न र यसको अवधारणालाई नेपाल भित्र ल्याउन किन जरुरी छ ? साथै यसले कसलाई प्रभाव पार्दछ अलि स्पष्ट पारिदिनुस न ।
“विशेष गरेर हाम्रो समाजले श्रम भनेको केवल शारिरिक श्रम मात्रहो भनेर बुझेको देखिन्छ । यदि यसरी मात्र लिने हो भने सेवा व्यवसायमा श्रम गर्ने श्रमिक माथि अन्याय हुन्छ । शारिरिक श्रमको कष्ट त प्रत्यक्ष रुपमा देखिन्छ तर सेवा व्यवसाय संग जोडिएका श्रमिकहरुले भोग्ने मानसिक कष्ट कसले बुझ्ने ? के सेवा प्रदायक श्रमिकहरुले भोग्ने यस्तो मानसिक कष्ट लाई हामिले छोड्न मिल्छ ? त्यसमा पनि सम्मानका साथ काम गर्न पाउने अधिकार त प्रत्येक श्रमीकको हो जसलाई धेरै हद सम्म हाम्रो विद्यमान कानुनले संरक्षण गरेको छ तर “भावनात्मक श्रम” को वारेमा कानुनी र व्यवहारीक रुप दुवैमा स्पष्ट उल्लेख गरेको पाइदैन । मुस्कानको साथ सेवा गर्ने भन्ने नारा सेवा व्यवसायमा धेरै लोकप्रिय छ तर त्यस मुस्कानको पछाडि श्रमीकले भोगेको भावनात्मक श्रम को वारेमा कसैले कुरा गर्दैन र त्यसकारणले गर्दा श्रमीकहरु आर्थिक, सामाजिक, मानसिक र पारिवारीक समस्याहरु बाट पिडित भएको छ भन्ने कुराको हामिले विचार गर्ने बेला भएको छैन र ? विकसित देशहरुले यसको अध्ययन अनुसंन्धान गरी यसलाई उचित रुपमा व्यवस्थापन गर्न संयन्त्रको निर्माण गरीसकेका छन । नेपालमा धेरै ढिलो भै सकेको छ । सफल अर्थतन्त्रको लागि श्रमीकहरुकाको उचित सम्मान र उनिहरुको समस्यालाई राम्रो संग सम्बोधन गर्नु जरुरी हुन्छ किनभने वस्तु तथा सेवा उत्पादन र वितरणमा श्रमीकहरुको श्रम नै प्रमुख हो । हाम्रो अर्थतन्त्र विकासमा सेवा व्यवसायको उल्लेख्य योगदान छ र भावनात्मक श्रम को उचित व्यवस्थापन नगर्ने हो भने सेवा व्यवसायमा उत्पादकत्वको बृद्धि धेरै गाह्रो हुन्छ जुन हाम्रो अर्थतन्त्र विकासको लागि सकारात्मक पक्ष होइन त्यसैले अव नेपालमा भावनात्मक श्रमको वारेमा अध्ययन र अनुसंन्धान हुनु जरुरी छ ।”
कार्यक्षेत्रमा “भावनात्मक श्रम” कसरी व्यवस्थापन गर्न सकिन्छ त ?
“भावनात्मक श्रमको सम्बन्धमा रोजगारदाता एक पहिलो र प्रमुख पक्षहो जसले कर्मचारीहरुको भलाई को लागि कदम उठाउनु पर्ने हुन्छ । रोजगारदाताले भावनात्मक श्रम आवश्यक पर्ने क्षेत्रको पहिचान गरी कर्मचारीहरुलाई यस्तो परिस्थितिमा कसरी प्रस्तुत हुने भन्ने कुराको तालिम प्रदान गर्नु पर्दछ । रोजगारदाताले परीस्थितिलाई कर्मचारीको र्आंंखाबाट हेरी उनिहरुको कामलाई प्रसंसा गर्ने र कर्मचारीहरुले गर्ने कामको बोझ कम होस् भनेर कामको वांडर्फांड उचित तवरले गर्नुपर्ने हुन्छ । दोस्रो पक्ष श्रमिक आफै हो जसले भावनात्मक श्रमको परिस्थिति अनुभव गर्छन । श्रमिकहरुले भावनात्मक श्रमको महत्वलाई कम आँक्नु हुदैन । यसलाई सटीक रुपमा परिभाषित गर्न सजिलो छैन तर पनि यस्तो अवस्थालाई कुटनितिक रुपमा आफ्नो मानव स्रोत विभागमा प्रस्तुत गर्ने कौशलताको आवश्यक्ता पर्दछ जसले गर्दा परिस्थितिका वारेमा संस्थालाई ज्ञान होस र आवश्यक कदम चाल्न सजिलो होस ।”
त्यसो भए यसलाई कसरी व्यवस्थापन गर्ने अनि तपाईको भविष्यको योजना के छ त ?
“भावनात्मक श्रम” लाई पुर्ण रुपमा हटाउन सकिदैन तर यसको उचित व्यवस्थापन गरेर श्रमीकहरुको स्वास्थमा पर्ने नकारत्मक प्रभाव लाई भने कम गर्न सकिन्छ । यसो गर्न सर्व प्रथम भावनात्मक श्रम भनेको के हो भन्ने कुरा सरोकारवालाहरु सवैले बुझ्न जरुरी छ र त्यसको लागि सवै मजदुर संगठन, सम्बन्धित मन्त्रालय, श्रमीकहरु र संचार माध्यमहरुले यसलाई राम्रो संग बुझेर अगाडि वढनुको विकल्प छैन । मेरो योजना आफ्नो देश र संस्कृति सुहाउंदो तरीकाले यसलाई व्यवस्थापन गर्ने संयन्त्रको निर्माण गर्न सम्बन्धित सवै श्रम संगठनहरु र निति निर्मातालाई एकै ठांउमा ल्याएर आफुले सिके जानेको तरीकाले श्रमीकहरुले भोगीराखेको यो अवस्थालाई कार्यक्षेत्रमा अन्यन्त न्यून हुने वातावरण श्रृजना गर्नेछ जसले गर्दा श्रमीकहरुले कुनै पनि अपमान सहेर काम गर्न नपरोस । यो सवैको समस्या भएको हुनाले मैले यसमा सवै पक्षको सहयोग प्राप्त गर्छु भन्ने आशा छ । नयाँ वर्ष २०७९ बाट नेपालमा संस्थागत रुपमा अध्ययन अनुसंन्धान र सहयोग गर्ने कार्य शुरु भै सकेको छ । हाल हामी संस्था दर्ताको प्रकृयामा छौ र यसको शुरुवात लुम्बिनी प्रदेश को नेपालगंजबाट गर्ने निर्णय गरेका छौ । यस सम्बन्धि काम गर्ने अमेरीकामा अवस्थित एक अन्तराष्ट्रिय गैर सरकारी संस्था र मैले अध्ययन गरीराखेको यूनिभरर्सिटी अफ द कम्वरल्याण्डस् केन्टुकीसंग यो संस्थालाई जोडने प्रयासमा म लागेको छु । दुवैले नेपालमा भावनात्मक श्रमको अवधारण लाई स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सवै कानुनी प्रकृया पुर्याएर संस्थालाइ हामिले बैसाक २०७९ मा सार्वजनिक गर्नेछौ ।
शुरुवात भै सकेको रहेछ , अव अगाडी बढ्ने रणनिति कस्तो छ ?
“हो अहिले म पहिलो खुडकिलामा छु । मेरो पहिलो दायित्व भनेको सवैलाई यसको वारेमा जानकारी गराउने हो । मैले नेपाली नर्सहरुले भोगेको भावनात्क श्रमको वारेमा एक अन्तराष्ट्रिय शोध पत्रिकामा मेरो अनुसन्धान लेख प्रकाशित गरी सकेको छु र लगभग छ वटा जति लेखहरु विभिन्न पत्रपत्रिकाहरुमा नेपाली भषामा प्रकासित गरीसकेको छु । विस्तारै सरोकारवालाहरुले यसको वारेमा सोध्न र बुझ्न खोजीराख्नु भएको छ । म नेपाल फर्किने वित्तिकै सवै श्रम संगठनहरुलाई यसको वारेमा प्रस्तुत गर्छ‘ु र वहांहरुको सहयोग लिएर निति निर्माताहरुलाई यसवारे सम्बन्धित ऐन नियममा यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराको व्यवस्था गर्ने वातावरण निर्माण गर्ने मेरो मुख्य रणनिति छ ।”
(प्रविण राज गौतम ,न्यू योर्क, अमेरीका, Email: prabin.gautam@kusoed.edu.np)