fbpx

उर्जा प्रविधिको प्रर्बद्धन गर्न समुदायलाई युनिकको तालिम

उर्जा प्रविधिको प्रर्बद्धन गर्न समुदायलाई युनिकको तालिम


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा युनिक नेपालले राजापुर नगरपालिका २, बरगदही गाउँका समुदायका लागि ३ दिने व्यवसायिक तालिम सम्पन्न गरेको छ । युएनडिपी जिइएफएसजिपी को सहकार्यमा सञ्चालित परियोजना अन्र्तगत बर्दियाको आदिवासी समुदाय मानवीकरणीय उर्जा प्रविधिको प्रवद्र्धन मार्फत आदिवासी अभ्यास र उद्यमशिलतालाई सहयोग पुर्याउन तालिमको आयोजना गरिएको हो ।

हरित गाउँको अवधारणाका साथै नवीकरणीय उर्जा प्रविधि प्रवद्र्धन गरेर वातावरण सुधार गर्न र तरकारी खेतीको माध्यमबाट थारु समुदायको जिविकोपार्जनमा सुधार ल्याउन तालिमको आयोजना गरिएको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले बताउनु भयो । तरकारी खेती गरेर आम्दानी बढाउन सक्ने सम्भावना धेरै छ । व्यववसायिक तरकारी खेतीले समुदायका व्यक्तिको आम्दानी बृद्धिभई आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुग्न विस्वास लिईएको छ ।

वातावरण सम्वद्र्धन र संरक्षणमा पनि सहयोग पुग्ने युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले बताउनु भयो । परियोजना अन्तर्गत वातावरण प्रवद्र्धनका लागि नवीकरणीय प्रविधिको सदुपयोग गर्नका लागि बायोग्याँस निर्माण, सनफ्लो पम्पजडान, ड्रिपस्प्रिङ्कल जडान, सुधारिएको चुलो र दुनाटपरी बनाउने मेशिन समेत सहयोग गरिने कार्यक्रम अधिकृत डेमनडौराले जानकारी गराउनु भयो । तीनदिने तालिम समापनमा सहभागीहरुलाई भिन्डी, बोडी, खिरा, कब्ली, लौका, करेला तरकारीका बीउ समेत बितरण गरिएको छ । तालिमको सहजीकरण पूर्व जेटिए हेमलाल पाण्डेले गर्नु भएको थियो ।

तपाइको मत