fbpx

महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ

महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ


चुरेकुञ्ज, गुलरिया । नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिईएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवस ८ मार्च फागुन २४ गतेको पूर्वसन्ध्यामा बर्दियाको गुलरियामा आयोजित सामाजिक न्याय र लैंगिक समानता कायम गर्न विद्यमान कानूनी ब्यवस्था सम्वन्धी अन्तक्रिया कार्यक्रममा सोकुरा बताईएको छ ।

कार्यक्रमलाई सहजीकरणगर्दै महिला अधिकारकर्मी एवम् अधिवक्ता लक्ष्मी नेपालले महिलाको सर्वाङ्गिण बिकासका लागि समाजको दृष्टिकोणमा महिला प्रति परिवर्तन आउनुपर्ने बताउनु भएको छ । महिलालाई साँस्कृतिक अधिकारबाट पछि पार्न खोजिएको उहाँको भनाई छ । श्रमक्षेत्रमा महिलाको समान ज्याला, पैत्तृक सम्पत्तीमा सन्तानको समान हकसहित महिला हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिईएको छ ।

अन्र्तक्रिया कार्यक्रममा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था, जनप्रतिनिधि लगायत सरोकारवालाहरु सहभागी थिए । ११२ औं अन्तराष्ट्रिय महिला दिवस मूला समारोह समिति गुलरिया नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता थियो । कार्यक्रमकी अध्यक्ष गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीले गुलरिया नगरपालिका महिला हिसा अन्त्य र महिला अधिकारका पक्षमा सधै अग्रपंक्तिमा रहने विस्वास दिलाउनु भएको छ ।

फागुन २४ गते दिवसका अवसरमा गुलरिया नगरपालिकामा विहान ११ बजे जमा भई प्रभातफेरी सहित बजार परिक्रमा गरिने महिला शाखा अधिकृत शिला शाहले जनकारी दिनु भएको छ । सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित बर्दियाका ८ वटै पालिकाहरुमा महिला दिवस मनाईदै छ ।

तपाइको मत