fbpx

महिला दिवसको अवसर पारेर राजापुरमा रक्तदान

महिला दिवसको अवसर पारेर राजापुरमा रक्तदान


मिन अधिकारी, राजापुर । ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को पूर्वसन्ध्यामा बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ४४ पिन्ट रक्त संकलन गरिएको छ ।

स्थानिय व्यक्तित्वहरुले रक्तदान गर्नु भएको छ । राजापुर नगरपालिकाको आयोजना, युनिक नेपालको आर्थिक सहयोग र नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा बर्दियाको समन्वय तथा प्राविधिक सहयोगमा नेपाल स्वयमसेवी रक्तदाता समाज राजापुरको समन्वयमा बर्दिया उद्योग वाणिज्य संगको परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्त दान जीवन दान भन्दै रगत अभावका कारणले महिला दिदी बहिनी लगायत कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तसंकलन कार्यक्रम आयोजना गरिएको युनिक नेपालका अध्यक्ष तथा प्रमुख अतिथि पिरिम बहादुर थारुले वताउनु भयो ।


राजापुर क्षेत्रका स्थानीयलाई रगतको अभाव भइ रहने अवस्था भएकाले राजापुरमा संकलन गरिएको रगत ब्लड बैक र रेडक्रस सँगको समन्वयमा सर्वसुलभ पहुँचका लागि नगरपालिकाको पहलमा कार्यक्रम आयोजना गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो । कार्यक्रको समापन गर्दै सभाध्यक्ष नगर उपप्रमुख मनकला कुमारी चौधरीले नारी दिवसको अवसर पारेर पुण्यको काम गरेको र नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेर यस क्षेत्रका जनतालाई रगतको अभावलाई अन्त्य गर्ने उद्देश्यले कार्यक्रम गरेको प्रष्ट्याउनु भयो ।

रक्तदान गर्ने सबैलाई उहाँले धन्यवाद दिनु भएको छ । कार्यक्रमको सञ्चालन राजापुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारुले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको रेडक्रस शाखाले जनाएको छ ।

तपाइको मत