आप्रवासीको अध्ययनपछि बर्दियामा बृहत छलफल
- आइतबार फाल्गुण २२ , २०७८
मुरली गोडिया, गुलरिया । स्थानिय स्तरमा आप्रवासन सम्बन्धि कार्यमा गरिएको अध्ययन सम्बन्धमा छलफल गरिएको छ । आप्रवासी महिला कामदार समुह (आमकास) नेपाल बर्दियाको आयोजनामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिध लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।
आप्रवासी कामदारका मुख्य सवालहरुमा सामुहिक सौदाबाजीको सुदृढिकरण गर्नका लागी फकिएका महिला आप्रवासी कामदारहरुलाई संगठित गर्ने तथा महिला कामदारमैत्री नितिगत बाताबरणको प्रभावकारी कार्यान्वयन गर्ने उद्धेश्यले संस्थाले कामगर्दै आएको छ । बर्दियाका स्थानिय तहहरुसँग आप्रवासी महिला कामदारहरु के कति छन भन्ने कुराको यकिन तथ्याङ्क छैन । तशर्थ विदेशबाट फर्किका महिलाहरुको आर्थिक तथा समाजिक अवस्था बारे पनि सम्बन्धित निकाय जानकार छैन ।
त्यस्ता महिला कामदारहरुको अवस्था पहिचान गरि उनिहरुको जनचेतना नैतिक रुपमा रोजगारीमा भर्नाको अभ्यास, अनुसन्धान तथा प्रकासनको दायरा विस्तार गर्न र आधारभुत तहमा महिला कामदारहरुको जिविकोपार्जन तथा पुनःएकीकरणलाई सुदृढिकरण गर्न नविनतम योजना, कार्यक्रम तथा गतिविधीहरुको विकास तथा कार्यन्वयन गर्न आग्रह गरिएको छ । कार्यक्रममा बोल्दै माइती नेपाल बर्दियाका कार्यक्रम संयोजक गायत्री रिमालले नेपाली महिलाहरु विदेश जाने त्रमममा तालिम तथा ज्ञानका कमिले विभिन्न समस्याहरु भोग्ने गरेको भन्दै त्यस्ता महिलाहरुको अवस्था तथा फर्किएर आएका महिलाहरुको तथ्याङ्कक राख्न आवश्यक रहेको बताउनु भयो ।
महिलाहरु विदेश बाट फकिएर आएपछि गाँउघरमा आर्थिक उपार्जनका क्रियाकलापमा संलग्न गराउन सके महिलाहरुको आर्थिक स्तरमा बृद्धि भई जिवन थप सहज गराउन सकिने कार्यक्रमका सहभागीले जनाएका छन । कतिपय महिलाहरु आफनो परिवारीक अनुमित विनै बैदेशिक रोजगारी जाने भएकाले महिलाहरु विदेश जानेहरुका लागी स्थानिय सरकारले कार्यविधि बनाएर कार्य गर्न आवश्यक रहेको रहेको आमकास नेपालकी कार्यक्रम संयोजक प्रकृति कार्कीले बताउनु भयो । कार्यक्रमका बारेमा आमकास बर्दियाकी अध्यक्ष संगिता महतराले जानकारी गराउनु भएको थियो । गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।