निर्वाचन जित्ने सम्भावना बोकेकालाई टिकट दिनेभन्दै काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमले कार्यकर्तालाई दिए कडा निर्देशन
- शनिबार फाल्गुण २१ , २०७८
चुरेकुञ्ज, गुलरिया । आगामी स्थानिय तहको निर्वाचन जित्ने सम्भावना देखिएका ब्यक्तीहरुलाई पार्टीले टिकट दिने नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले बताएका छन् । बर्दियाको गुलरियामा नेपाली काँग्रेस प्रदेस क्षेत्र नम्वर १ (ख) को आयोजना तथा गुलरिया/बारबर्दिया नगरकार्य समितिको सहआयोजनामा गुलरिया स्थित पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनगर्दै नेता गौतमले जित्ने सम्भावना बोकेका ब्यक्तीहरुलाई पार्टीले टिकट दिने बताएका हुन् ।
स्थानिय निर्वाचनमा उम्मेदवारका आकांक्षीहरुको वडा कार्य समितिहरुबाट सर्बसम्मत नाम सिफारिश नभए सम्म टिकट नदिने काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रिय सदस्य गोपाल दहित र आफूविच सल्लाह भएको उनले प्रष्ट्याए । काँग्रेसमा भागवण्डाको राजनिति सकिएको बताउँदै सांसद गौतमले १४ औं महाधिवेशनपछि पार्टीमा गुटबन्दी नरहेको दोहोर्याए । समग्र काँग्रेस निर्माण गर्न पार्टीको स्पष्ट निर्देशन रहेकाले अनुशासन र मर्यादा नभई पार्टी नचल्ने जिकिर गर्दै पार्टीका जिम्मेवार कार्यकर्ताहरुको कृयाकलापले पार्टी माथी नै आँच आउने भएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।
मुलुक स्थानिय निर्वाचनको सँघारमा रहेकाले टोल कार्यसमितिहरु गठनले उर्जा मिलेको बताए । पार्टीका भातृ संगठनहरु पुर्नगठन नहुँदा समस्या परेको औल्याउँदै नेता गौतमले जिल्लामा पार्टीले धेरै काम गरेतापनि आफ्नै कारणले निर्वाचन हार्ने गरेको स्मरण गराए । उनले जिल्लाका सबै तह र तप्काका पार्टीका समितिहरुले कार्यक्रम आयोजना गर्दा समितिका सबै ब्यक्तीहरुलाई सुचना दिन निर्देशन दिए । कार्यक्रमहरु आयोजना गर्दा ब्यक्ती केन्द्रित नभई पार्टी केन्द्रित गर्नुपर्नेमा जोडदिँदै पार्टीले गर्ने कार्यक्रमहरुका ब्यानरहरुमा आफ्नो तस्विर नराख्न सुझाव दिए ।
स्थानिय निर्वाचन नजिकिँदै गरेकाले टोल तथा वार्ड समितिका कार्यालयहरु संचालन गर्नुपर्नेमा लुम्विनी प्रदेसका सांसद भुवनेश्वर थारुले जोड दिए । निर्वाचनमा खर्च आवस्यक पर्ने भएकाले कार्यकर्ताहरुबाट समयमै लेवी उठाउन सुझावदिँदै थारुले भने निर्वाचनमा पार्टीले गरेका ऐतिहासिक कार्यहरु जनता सामु पुर्याउनु पर्छ । सदनमा प्रतिपक्षका अवरोधका कारण गठबन्धन सरकारले काम गर्न नसकेको प्रष्ट्याए । आगामी निर्वाचनका उम्मेदवारहरुलाई घात गर्ने उपर पार्टीले कुनै हालतमा नछाड्ने उनको भनाई छ ।

नेपाली काँग्रेस लुम्विनी प्रदेस कार्य समितिका सदस्य भेषराज पौडेलले काँग्रेसका तहगत संगठनहरुले पार्टीले गरेका कामहरुलाई ब्यापक बनाउनु पर्नेमा जोड दिएका छन् । निर्वाचनमा घात गर्ने प्रबृत्तिलाई चिर्दै आकांक्षी उम्मेदवारहरुलाई निषेध गर्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे । काँग्रेस पार्टीबाट विभिन्न ओहोदामा पुग्ने अनि पार्टीको भावना विपरित काम गर्ने प्रबृतिले पार्टी कमजोर भएको औल्याउँदै नेता पौडेलले एकढिक्का भएर पार्टीलाई उकास्नुपर्ने धारणा राखे ।
स्थानिय निर्वाचनको घोषणाले पार्टीका कार्यकर्ताहरु उत्साहित भएको बताउँदै महासमिति सदस्य विजय देवकोटाले ५ बर्ष अघिको निर्वाचनले मुलुक पछाडी धकेलिएको जिकिर गरे । दुई तिहाईको घमण्डले मुलुकमा भ्रष्टाचार बढाएको उनको भनाई छ । भविष्यका निर्वाचनमा संवेदनशिल हुँदै कांग्रेसको वडादेखि केन्द्र सम्म बहुमत ल्याउने गरी काम गर्न आग्रह गरे ।
नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर १ का संघीय सभापति एवम् गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले निर्वाचन सकिएकाले निर्वाचनका मनमुटाव त्यागेर अघि बढ्नु पर्नेमा जोड दिए । ब्यक्ती भन्दा पार्टी ठूलो भएकाले पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । कांग्रेसका नवनिर्मित टोल समितिका कार्यकर्ताहरुलाई प्रशिक्षणको आवस्यकता रहेको सभापति यादवले बताए । पार्टीले जोसुकैलाई टिकट दिएपनि एक भएर जिताउनु पर्नेमा उनले जोड दिएका छन् । एमसीसीको अफवाह मेटाउन सबै लाग्नु पर्ने उनको भनाई छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका सदस्य कमल रोकायाले पार्टीले सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । स्थानिय निर्वाचन जित्ने गरी अघि बढ्नु पर्नेमा उनको जोड छ । कार्यक्रममा सहभागीहरुलाई विचार राख्न खुला शत्र राखिएको थियो । खुला शत्रमा पार्टीलाई विभिन्न सुझावहरु दिईएको छ । प्रदेस क्षेत्र नम्वर १ (ख) का सभापति विरबहादुर चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । सहआयोजक दुवै नगरपालिकाका सभापतिहरुले कार्यक्रममा आफ्नो धारणा राखेका छन् । प्रदेस क्षेत्र नम्वर १ (ख) का उपाध्यक्ष विनोद यादवले स्वागत मन्तब्य राखेको कार्यक्रम प्रदेस सचिवले संचालन गरेका हुन् ।
