fbpx

मृर्गौला पिडित विष्णु थारुलाई आर्थिक सहयोग

मृर्गौला पिडित विष्णु थारुलाई आर्थिक सहयोग

चुरेकुञ्ज, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर २ बलाती निवासी विष्णु थारु (विसतिया) लाई मृर्गौला उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य द्वय गोपाल दहित तथा संजय कुमार गौतमले थारुलाई शुक्रवार संयुक्त रुपमा सहयोग राशी हस्तान्तरण गर्नु भएको छ ।

दुवै मृर्गौला खराब भएका कारण थारुकी श्रीमतीले दिएको मृर्गौला प्रत्यारोपण गर्न ठूलो रकम आवस्यक परेकाले पार्टीका स्थानिय ब्यापारी, कर्मचारी, कार्यकर्ताहरु समेत ३७ जनाबाट संकलन भएको १ लाख १६ हजार १ सय ६४ रुपैया सहयोग राशी मृर्गौला पिडित थारुलाई प्रदान गरिएको नेपाली काँग्रेस ठाकुरबाबा नगर सभापति पदम खड्काले जानकारी दिनु भयो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु दहित र गौतमले थारुको उपचारका लागि सरकार समक्ष कुरा राख्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । मृर्गौला पिडित थारु नेकपा एमाले बर्दियाबाट संविधान सभा सदस्यका प्रत्यासी उम्मेदवार हुनुहुन्छ । उहाँको उपचारमा सहयोग पुर्याउन सबैलाई अनुरोध गरिएको छ ।

तपाइको मत