fbpx

बर्दियाको गेरुवामा चोरीशिकार नियन्त्रण अभियान दिवस

बर्दियाको गेरुवामा चोरीशिकार नियन्त्रण अभियान दिवस

चुरेकुञ्ज, बर्दिया । बर्दियामा राष्ट्रिय चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाईएको छ । विश्व बन्यजन्तु तथा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ४ गोला स्थित नवज्योति बजारमा मनाईएको छ ।

चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाको आयोजनामा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरे । राष्ट्रिय कलाकारहरु मनिस खड्का, सुरेन्द्र विष्ट, राजेश विश्वकर्मा लगायत स्थानिय कलाकारहरुको साँगितिक प्रस्तुति सहितको दिवसमा साँस्कृतिक नृत्य, झाँकी, महिला तथा पुरुष डोरी तान तथा नेपाली सेनाको देवीदत्त गण र सञ्जालका युवाहरु विच मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए ।

लोपोन्मुख तथा र्दुलभ बन्यजन्तुसँगै जैविकविविधताको संरक्षणका लागि एक दशक अघि बर्दियाबाटै गठन गरिएको अभियानले मान्यता पाएसँगै नेपालमा राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । बन्यजन्तु संरक्षण र पारिस्थितिकिय प्रणाली पुर्नस्थापनाका लागि युवा जागरण भन्ने नारासहित यसबर्ष सरकारले अभियान दिवस मनाएको राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डाक्टर रामचन्द कंडेलले बताए । कार्यक्रममा बोल्दै विशेष अतिथी कंडेलले अभियानका परिकल्पनाकार संस्थापकहरुलाई धन्यवाद एवम् बधाई दिएका छन् । विश्व बन्यजन्तु दिवस मनाउन प्रारम्भ नहुँदै ०६७ सालमा बर्दियाबाट चोरीशिकार नियन्त्रण दिवस मनाउन थालिएको स्मरण गराए । विश्व बन्यजन्तु दिवस सन् २०१३ बाट मनाउन थालिएको हो ।

मानव बन्यजन्तुविचको सहअस्तित्व बनाउन निकुञ्जले रणनिति तयार गरी अघि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । द्वन्द न्युनिकरणगर्दै ब्यवस्थापन गर्ने तयारीका साथ अघि बढेका छौं । प्रकृतिमा आधारीत पर्यटनलाई प्रर्बद्धन गर्नुपर्नेमा जोडदिदै अधिकृत श्रेष्ठले समुदायको सक्रियताले निकुञ्ज पुरस्कृतको अवस्थामा पुगेको प्रष्ट्याए । निकुञ्जको जैविकविविधता संरक्षणमा स्थानिय समुदायको सकृयतालाई निकुञ्जले कहिल्यै नविर्सने बताए ।

कार्यक्रममा संरक्षणका क्षेत्रमा उल्लेखनिय योगदान गर्ने समुदाय, सामुदायिक वन, उपभोक्ता समिति, संघ, संस्था लगायत पत्रकारलाई सम्मान गरिएको छ । नेपालमा प्रत्येक बर्ष मार्च ३ मा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाउने गरिन्छ । विश्व बन्यजन्तु दिवस पनि यसै दिन मनाउने गरिन्छ । कार्यक्रममा खेलकुदका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

तपाइको मत