fbpx

बदलिँदो जलवायुमा महत्वपूर्णबन्दै बाढी बिमा

बदलिँदो जलवायुमा महत्वपूर्णबन्दै बाढी बिमा


ऋषि बाग्ले, राजापुर । बिपद खबर गरेर आउदैन बरू झुक्काउँछ । भोलि आउन सक्ने बिपदसँग लड्नका लागी हामी पहिल्यै तयार हुनु पर्दछ । कृषि, उद्योग, कलकारखाना लगायत बिभिन्न पेशाका लागी भनेर सरकारले बिमाको व्यवस्था गरेता पनि शहरी क्षेत्र तथा केही व्यक्ति विषेशमा सिमित भएकाले बास्तविक किसान सम्म पुग्न सकेको पाईदैन ।

अधिकाशं किसानलाइ त बाढी बिमा हुन्छ भनेर थाहा समेत छैन । बर्दियाका किसान लाइ बिमाको बारेमा जानकारी भएको देखिदैन । बाढी विमाबारे थाहा भएको भए केही शुल्क तिरेर आफ्नो बालीको बिमा गराइ किसानहरु सुरक्षित हुने राजापुर नगरपालिका वडा नम्वर २ नयाँ गाउँ निवासी किसान बसन्ती थारुले बताईन् ।

यस बर्ष कार्तिक पहिलो साता आएको बेमौसमी बर्षा र बाढिले बर्दियामा किसानको भित्र्याउन तयार भएको बाली नष्ट गरिदियो । सरकारले राहत दिने घोषणा गरे पनि हालसम्म किसानले उचित क्षतिपुर्ति पाउन सकेका छैनन । अबका दिनमा किसानहरुलाई बाली बिमा गराउनु पर्दछ भनेर बिपद व्यवस्थापनमा कामगर्दै आएका संस्थाहरुको सहकार्यमा सरोकार वालाहरु सगं छलफल गरी बाली बिमा कार्यक्रम ल्याउने तयारी भएको स्थानिय ललित बडुवालले बताए ।

पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा बेमौसमी हावाहुरी, बर्षा र बाढी आउनु सामान्य जस्तै भएको अवस्थामा किसानको लागी बाली बिमा अति आवश्यक भएकाले सरकारले यसको पहुँच बढाइ किसानहरुलाई सहुलियत दरमा अनिवार्य रुपमा बाली बिमा योजना लागु गर्नु पर्ने आवस्यक रहेको स्थानिय सुरेन्द्र ठगुन्नाको भनाई छ ।

तपाइको मत