fbpx

बाँसगढीमा संचालित बर्दिया महोत्सवमा थारु परिकार

बाँसगढीमा संचालित बर्दिया महोत्सवमा थारु परिकार


चुरेकुञ्ज, बर्दिया । बर्दियाको बाँसगढीमा संचालित वाईवाई पाँचौ बाँसगढी औद्योगिक कृषि पर्यटन ब्यापार मेलाको चौथो दिन कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । मेलामा थारु भिलेजमा पाईने स्थानिय थारु परिकारले सहभागीको आर्कषणबन्दै गैरहेको छ ।

बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले उद्घाटन गर्नु भएको महोत्सवमा स्थानिय उत्पादन, कृषि, पर्यटन लगायत सँस्कृति मुख्य आर्कषण रहेको बर्दिया महोत्सव प्रचारप्रसार समितिका संयोजक एक नारायण अधिकारीले बताउनु भएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकाहरुको बेजोड प्रस्तुति रहेको छ ।

सोमवार संचालन भएको बर्दिया महोत्सव ०७८ फागुन २६ गते सम्म चल्ने अधिकारीले जानकारी दिनु भएको छ । मेलामा स्थानियको भिड बढ्दै गएको छ । बर्दिया महोत्सवको लागि आयोजकले सबैलाई चुल्है निम्तो दिएको छ । मेलामा दैनिक प्रस्तुति दिने कलाकारको नामलिष्ट महोत्सव आयोजक समितिले सार्वजनिक गरेको छ ।

तपाइको मत