चोरीशिकार नियन्त्रण अभियान दिवस बर्दियामा भब्य मनाईँदै
- बुधबार फाल्गुण १८ , २०७८
चुरेकुञ्ज, गुलरिया । विश्व बन्यजन्तु तथा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ४ गोला स्थित नवज्योति बजारमा मनाईने भएको छ । चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाको आयोजनामा बिहिबार गेरुवाको नवज्योति बजारमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु मनिस खड्का, सुरेन्द्र विष्ट, राजेश विश्वकर्मा लगायत स्थानिय कलाकारहरुको साँगितिक प्रस्तुति रहेको सञ्जालका अध्यक्ष हेमन्त आचार्यले बताए । साँस्कृतिक नृत्य, झाँकी, महिला तथा पुरुष डोरी तान्ने तथा नेपाली सेनाको देवीदत्त गण र सञ्जालका युवाहरु विच मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । बन्यजन्तु संरक्षण र पारिस्थितिकिय प्रणाली पुर्नस्थापनाका लागि युवाहरुले चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्चालन गरेका थिए ।