fbpx

बर्दियाको राजापुरमा मानब बेचबिखन बिरुद्ध समिति गठन

बर्दियाको राजापुरमा मानब बेचबिखन बिरुद्ध समिति गठन

मुरली गोडिया, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय समिति गठन गरिएको छ । नगर प्रमुख शिब प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुको उपस्थितिमा समिति गठन गरिएको छ ।

बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, रोकथामका लागी नितिगत रुपमा ब्यबस्था गरी क्रियासिल बनाउने कुरामा जोड दिईएको छ । नगरप्रमुख चौधरीले मानब बेचबिखन बिरुद्ध रोकथाम, उद्धार, पुर्नस्थापना लगाएतका कार्यक्रमहरु आवश्यकता रहेको र मानब बेचबिखन तथा बिभिन्न खालका हिंसाहरुको जोखिम रहेको क्षेत्र, समुदाय पहिचान गरी सोही अनुरुप क्रियाकलापहरु सञ्चालन गर्न पालिकाले नितिगत रुपमा ब्यबस्था गरी अगाडी बढ्नेमा जोड दिनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले मानब बेचबिखन फरक रुपमा समुदाय स्तरमा भित्रि रुपमा रहेको र बैदेशिक रोजगारीको नाममा यौनशोषण श्रम शोषणका घट्नाहरु भईरहेको हुँदा माइती नेपालले मानब बेचबिखन बिरुद्धका कार्य सञ्चालनका लागी नगरपालिकासँग समन्वय गरेको प्रति खुशी ब्यक्त गर्नुभयो । मानब बेचबिखनको बदलिदो स्वरुप, बर्दिया जिल्ला एवं राजापुर नगरपालिकाको अबस्था, नितिगत ब्यबस्था समेतका बिषयमा उल्लेख गर्दे माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।

नगरप्रमुख शिब प्रसाद चौधरीको संयोजकत्वमा १९ सदस्यीय मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा न्यायीक समितिका संयोजक उप–प्रमुख मनकला कुमारी चौधरी, सामाजिक बिकाश समिति, इलाका प्रहरी कार्यालय राजापुर, स्वास्थ्य, शिक्षा, बालक्लब, किशोरीक्लब, उद्योगी ब्यापारी, सामाजिक अगुवाको सहभागीता रहेको छ ।

तपाइको मत