fbpx

ठाकुरबाबा नगरको दशवर्षे शिक्षा योजनाको अन्तिम मस्यौदा

ठाकुरबाबा नगरको दशवर्षे शिक्षा योजनाको अन्तिम मस्यौदा


मुरली गोडिया, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्न लागेको दश वर्षे शिक्षा योजनाको अन्तिम मस्यौदा माथी छलफल गरिएको छ । शिक्षा क्षेत्रका ब्यक्तिहरुको सहभागितामा कार्यशाला मार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा माथी छलफल चलाईएको हो ।

दशबर्षे शिक्षा योजना निर्माण गर्दा बनाएका योजनामा बालबालीकाहरुको पहुच, योजना निर्माण गर्दा यसको समानता, गुणस्तरिय शिक्षा प्रदान गर्न आबश्यक बजेट, र उत्तरदायित्वका बिषयमा बिस्तृत रुपमा कार्यदलले अध्ययन गरेको प्राप्त सुझाबका आधारमा मसौदालाइ निर्माण गरिएको छ । प्लान इन्टरनेशनल नेपालका बेद प्रसाद डाँगीले ४ दिन सम्म निर्माण कार्यदलले निर्माण गरेको योजना आगामी जन र्निवाचित पदाधिकारिहरुका लागी दिशानिर्देश हुने र यस योजनाले छिटै मुर्तरुप लिने भन्दै दिर्घकालीन रुपमा शिक्षामा गुणात्मक बिकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष श्यामलाल थारुले दशबर्षे शिक्षा योजनालाइ मुर्तरुप दिएको र यस कार्यमा आबश्यक साझेदारिता गरि सहयोग गर्ने साझेदार सस्था प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँके प्रति आभार प्रकट गनूृभयो । कार्यशालाको समापन सत्रका प्रमुख अतिथी उपप्रमुख कृष्णा कुश्मा थारुले निर्माण भएको दशवर्षे शिक्षा योजना यस नगरपालीकाको दस्ताबेजको रुपमा निर्माण गरिएको बताउँदै कार्ययान्यनका लागी नगरपालीका सदैव तत्पर रहने र शिक्षा योजना निर्माण गर्दा स्थानिय परिवेशलाई ख्याल गरि ठाकुरबाबा भित्रका बिज्ञहरुको सहभागीतामा निर्माण गरेकाले यसको सफताको सुभकामना दिनुभयो । ३ दिन सम्म संचालन भएको कार्यशालामा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि र ठाकुरबाबा नगरपालीकाको आयोजना रहेको थियो ।

तपाइको मत