fbpx

एसईई उत्तिर्ण सामुदायिक विद्यालयका छात्रालाई साईकल

एसईई उत्तिर्ण सामुदायिक विद्यालयका छात्रालाई साईकल

चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका छात्राहरुलाई साईकल हस्तान्तरण गरेको छ । ०७७ मा एसईई दिई ०७८ मा पास भएका ३ सय २ जना छात्राहरुलाई साईकल उपलब्ध गराएको हो ।

नगरसभाबाट पारित भएको २५ लाख रुपैयाको टेण्डर प्रकृयाबाट साईकल खरिद गरी छात्राहरुलाई हस्तान्तरण गरिएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले जानकारी दिए । साईकल उपलब्ध गराउन ४ जना सप्लायर्सले टेण्डर दाखिला गरेका हुन् । भ्याट समेत प्रति गोटा साईकलको मुल्य ७ हजार ३४५ का दरले ३ सय २ वटा साईकलको कुल मुल्य भ्याट सहित २२ लाख १८ हजार १९० रुपैया पर्न गएको उनले जानकारी दिए ।

एसईई उत्तिर्ण गरेका नगरका सामुदायिक विद्यालयका छात्राहरुले साईकल पाउँदा उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने गुलरिया नगरपालिकाको विस्वास रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले साईकल हस्तान्तरण कार्यक्रममा बताएका छन् । शुक्रवार नेपाली काँग्रेस लुम्विनी प्रदेसका सभापति अमर सिंह पुनको प्रमुख आतिथ्यतामा गुलरियाको नगरभवन प्रांगणमा साईकल हस्तान्तरण गरिएको छ ।

तपाइको मत