fbpx

बिकासप्रेमी युवा समूहको अगुवाईमा बजार सरसफाई

बिकासप्रेमी युवा समूहको अगुवाईमा बजार सरसफाई


चुरेकुञ्ज, गुलरिया । जागौ युवा लागौ युवा हामीले नगरे कसले गर्ने देश र समाज रुपान्तरणका निम्ति भन्ने नारासहित विकास प्रेमी युवा समूहको अगुवाईमा बर्दियाको गुलरिया बजार सरसफाई गरिएको छ । शनिवार तिनै तहका सुरक्षानिकाय, समूहका युवा लगायत स्थानियको सहभागीतामा बजार सरसफाई गरिएको छ ।

सहभागीहरुले गुलरिया स्थित शहिद पार्क, राधाकृष्ण चोक, बर्दिया अस्पताल लगायत बजार क्षेत्रका सडकहरु सरसफाई गरेको बिकास प्रेमी युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महेमुद सिद्धिकीले जानकारी दिए । युवा समूहले बेला बेलामा समाज रुपान्तरणका कामगर्दै आएको छ ।

तपाइको मत