fbpx

“स्वास्थ्य सरसफाई मर्मत तथा संभार निति” बनाउदै ठाकुरबाबा

“स्वास्थ्य सरसफाई मर्मत तथा संभार निति” बनाउदै ठाकुरबाबा


मुरली गोडिया, बर्दिया । संस्थाहरुमा खानेपानी सरसफाई तथा स्वाच्छता सम्बन्धि मर्मत संभार नितिको आवश्यकता देखिएको छ । स्वास्थ्य चौकीहरुमा प्रयोग हुने स्वास्थ्यजन्य समाग्रीहरुको सरसफाई एवं मर्मत संभार सम्बन्धित नितिको आवश्यकता देखिएको हो ।

स्वास्थ्य संस्था वास मर्मत तथा संभार निति निर्माण विषयमा ठाकुरबाबा नगरपालिकामा छलफल गरिएको छ । शौचालयमा प्रयोग हुने साबुन राख्ने स्थान, धाराको टुटी, खानेपानी ट्याङ्की तथा धारामा प्रयोग भएका औजारहरु मर्मत संभार नहुँदा समेत सेवा प्रवाहमा समस्या हुने गरेको देखिन्छ । जसका लागी मर्मत तथा संभार नितिको आवश्यकता पर्ने देखिएको सहभागीले बताएका छन । पालिकाका स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरु संग गरिएको कार्यक्रम गेरुवा ग्रामिण जागरण संघ बर्दियाको आयोजना, ठाकुरबाबा नगरपालिकाको समन्वय तथा टिडिएच फाउन्डेसन स्वीट्जरल्याण्डको आर्थिक सहयोगमा भएको थियो ।

पालिकामा खानेपानी सरसफाई स्वच्छता सम्बन्धि मर्मत तथा संभार निति तयार गर्न सके स्वास्थ्य संस्थाप्रति नागरिकको आकर्षण बढ्नुको साथै सेवा प्रभावमा समेत थप सुधार आउने विश्वास गर्दै नागरिकको सहज पहुँचका लागी नितिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने नगर उपप्रमुख कृष्णाकुश्मा थारुले बताउनु भयो । निति निर्माण गर्नमा प्राविधीक सहयोग गर्ने गेरुवा ग्रामिण जागरण संघ बर्दियालाई उपप्रमुख थारुले धन्यवाद समेत दिनु भएको छ । छलफल कार्यक्रममा नगर उपप्रमुख, विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी सहित स्वास्थ्य चौकी इन्चार्जको उपस्थितीमा कार्यशाला गरिएको थियो ।

गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा कार्यक्रम भएको छ । स्वास्थ्य सेवा प्रदायक संस्था भित्र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरुको मर्मत तथा संभार सम्बन्धि छुट्टै निति तथा कार्यविधि नहँुदा स्थानीय सरकारलाई प्राथमिकताका साथ कार्यन्वयनमा समस्या रहदै आएको देखिन्छ । यसका लागी मर्मत संभार निति तथा कार्यविधि निर्माण गर्नु जरुरी रहेको गेरुवा ग्रामिण संघद्धारा संचालित प्रयास परियोजनाका संयोजक गोपाल कंडेलले चुरेकुञ्जलाई बताउनु भयो ।

तपाइको मत