fbpx

स्वास्थ्यजन्य फोहोरको तथ्याङ्क नहुँदा व्यवस्थापनमा चुनौती

स्वास्थ्यजन्य फोहोरको तथ्याङ्क नहुँदा व्यवस्थापनमा चुनौती


मुरली गोडिया, गुलरिया । बर्दियामा स्वास्थ्य संस्थाजन्य फोहोरको एकिन तथ्याङ्क नहुँदा व्यवस्थापनमा चुनौती देखा पर्ने गरेको पाइएको छ । शहर केन्द्रित या ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाबाट निस्किने फोहोरको तथ्याङ्क संकलन हुन नसक्दा समस्या परेको हो ।

स्वास्थ्य व्यवस्थापन र्निदेशिका भएपनि कार्यन्वयन पक्ष फितलो रहेकाले स्वास्थ्य त्यस्ता फोहोर व्यवस्थापनमा चुनौतीसंगै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने स्वास्थ्यकर्मीहरुले औंल्याएका छन । विरामीको उपचारमा प्रयोग भएको स्वास्थ्य समाग्री सहित अन्य फोहोर समाग्रीहरु कहाँ राखिन्छ र कसरी व्यवस्थापन भइरहेका छ भन्ने विषयमा गुलरियामा स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुसंग छलफल गरिएको छ । गेरुवा ग्रामिण जागरण संघ बर्दियाले आयोजना र स्वास्थ्य कार्यलय बर्दियाको समन्वयमा भएको उक्र कार्यक्रममा जिल्लाका ८ ओटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख प्रतिनिधी, स्वास्थ्य कर्मी लगायतको उपस्थितीमा छलफल गरिएको छ ।

संघकी उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा भएको छलफलले हाल विभिन्न स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्थानिय स्तरमा आएका विरामीहरुलाई उपचार पछि निस्किएका फोहोर स्वास्थ्य सामाग्रीहरु कसरी व्यवस्थापन गरि रहेका छन भनि समुहगत रुपमा छलफल गरेका छन् । फोहोर व्यवस्थापनका क्षेत्रमा विभिन्न चुनौतीहरुको सामना गर्नु परेको उनिहरुले अनुभव सुनाए । स्वास्थ्यकर्मी लगायत गाँउ घरमा खुलेका क्लीनीक, स्वास्थ्य संस्था तथा मेडिकलबाट निस्किएको फोहोर बस्तु खुला रुपमै फाल्नाले समास्या निम्तिन सक्ने हुनाले समयमा यस्को व्यवस्थापनका लागी स्थानिय सरकार समक्ष समन्वय गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले चुरेकुञ्जलाई बताउनु भयो ।

स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल विषय भएकाले स्वास्थ्यकर्मी स्वंयले पनि स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा अग्रसरता देखाउनु पर्ने उहाँको जोड छ । टिडीएच फाउन्डेसन स्वीट्जर ल्याण्ड नामक संस्थाले बर्दिया जिल्लामा विगतका वर्ष देखी स्वास्थ्य सरसफाइका क्षेत्रमा कार्यगर्दै आएको छ । प्रयास (२) दोस्रो चरण अन्तर्गत पनि स्वास्थ्य क्षेत्रमै विविध कार्यक्रमहरु गरिने गेरुवा ग्रामिण जागरण संघ बर्दिया प्रयास परियोजनाका संयोजक गोपाल कंडेलले जानकारी दिनु भयो । कार्यक्रमका सहभागीहरुले अझैपनि गाँउ घरका स्वास्थ्यकर्मीहरुले स्वास्थ्यजन्य फोहोर व्यस्थापन लगायत अन्य विषय संगको जानकारी सहित तालिमको अवश्यकता रहेको जोड दिएका छन । कार्यक्रमको सहजीकरण गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीले गर्नुभएको हो ।

तपाइको मत