fbpx

अर्गानिक खाद्यान्न उत्पादनमा फड्को मार्दै खाद्य बैंक

अर्गानिक खाद्यान्न उत्पादनमा फड्को मार्दै खाद्य बैंक

मुरली गोडिया, गुलरिया । राष्ट्रिय खाद्य बैंकले आफनो उत्पादनमा बढोत्तरी गरेको छ । अर्गानीक तरकारी, अन्नबाली लगायत खाद्य बस्तु उत्पादन तथा विक्री वितरण गर्ने उद्धेश्यले खोलिएको बैंकले एक वर्षको अवधीमा सोचे अनुरुप प्रतिफल प्राप्त गरेको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ३ स्थीत खैरी गाँउमा रहेको कार्यालय नजिक लगाइएको धान, तोरी लगायत खाद्यन्न बालीले आशातित नतिजा प्राप्त गरेको खाद्य बंैक अन्तर्गतको पाइलट प्रोजेक्टका संचालक छविलाल पाठकले बताउनु भयो । विभिन्न रैथाने जातका धानबाली लगाइएकोमा यस वर्ष उत्पादनमा बृद्धि भएको छ । उत्पादित खाद्यान्नहरु विक्रीका लागी तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो । मसिनो चामलका रुपमा चिनिएको कालानमक धानको समेत राम्रो उत्पादन भएको उहाँले जानकारी दिनु भयो ।

बर्दिया जिल्ला अन्नवालीको लागि अत्यन्त उर्वरभुमि रहेको र उत्पादन गरिएको धान बाहिरी कम्पनिहरुले सहजै किन्न तयार रहेका छन । खाद्य बैंकमै पाइलट प्रोजेक्ट अन्तर्गत हाँस पालन गरिएको छ । जापनिज प्रविधि अनुसार (राइस डक फार्मिङ्ग) धान भित्र हाँस चराएर जैविक मल बनाउने र त्यसबाट धान पनि मासु पनि बढी उप्पादन हुने भएकाले नेपालमा पहिलो पटक यो प्रविधी भित्राइएको हो । जुन धानबालीमा भएका किरा लगायत खाने कुराले हुर्किएका हुन्छन । हालको अवस्थामा हाँस विक्री गर्न तयार भएका छन । हाँसहरु पालिए पनि यस्को बजार व्यवस्थापन भने समास्या देखिएको छ । हाँसको मासुका विषयमा अझै पनि नागरिकमा आकर्षण ल्याउन नसकिएकाले पनि विक्रीमा समास्या भइरहेको खाद्य बैंकका पाठकको भनाई छ ।

होटेलहरुमा समेत यस्को मासु कम प्रयोग हुने गरेकाले पनि खुद्रा रुपमा मानिसले किने पनि खासै विक्री हुन सकेको छैन । एन्टोबायोटिक नखुवाइएका, अर्गानिक हाँसहरु सोंचे अनुरुपमै उत्पादन भए पनि यस्को बजारीकरणमा भने समास्या देखिएकाले हाँस खरिद गर्न उहाँले आग्रह समेत गर्नु भएको छ । एक वर्षका अवधिमा राष्ट्रिय खाद्य बैंकले अर्गानिक उत्पादनमा जोड दिइ स्थानिय उत्पादनलाई बढावा दिने कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आएको बैंकका कार्यकारी निर्देश शंकर उप्रेतीले बताउनु भयो ।

नेपालका सात वटै प्रदेशमा यस्का कार्यलयहरु स्थापना गरि नेपाललाई अर्गानिक उत्पादनमा जोड दिने, रोजगारी प्रदान गर्ने, कृषकको आयस्तर बृद्धि गर्ने, देशमा उत्पादन गरिएका बस्तु अन्य देशलाई समेत विक्री वितरण गर्ने उद्धेश्यले बैक अगाडी बढी रहेको निर्देशक उपे्रतीले जोड दिनु भयो । गुलरिया स्थीत खैरी गाँउमा बैंकले गर्दै आएको खेतीमा स्थानियले संलग्नता जनाएका छन । स्थानिय स्तरमै प्रविधीमैत्री तथा आधुनिक तरिकाले खेती लगाएको देखेर स्थानिय बासी खुशी भएका छन् । रोजगारीको समेत अवसर पाएको स्थानिय चिन्तामणि न्यौपानैले प्रतिक्रिया दिनु भयो ।

तपाइको मत