बाँसगढी नगरको ६ नं वडा बन्यो जिल्लाकै पहिलो बालमैत्री
- आइतबार फाल्गुण ८ , २०७८
चुरेकुञ्ज, बाँसगढी । बाँसगढी नगरपालिकाको वडा नं ६ लाई बर्दियाकै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेश सभाका सदस्य कविराम थारुले एक औपचारिक कार्यक्रमका बिच वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर केसीले बालमैत्री वडा घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो । घोषणा सभामा वडा नं ६ का वडाध्यक्ष दशरथ थारुले बालमैत्री स्थानीय शासनका लागि आवश्यक रहेका ५१ वटा सूचक पुरा गर्न सफल भएपछि मात्र बालमैत्री वडा घोषणा गरिएको बताउदै सहयोग गर्ने सवैलाइ धन्याबाद दिनु भयो ।
बिशेष अतिथिको आसनबाटबोल्दै बासँगढी नगरपालिकाक नगरप्रमुख शालिकराम अधिकारीले बालबालिकाका आधारभूत आवश्यकता पुरा गरिएकोले बालमैत्री वडा घोषण गर्न नगरपालिका सफल भएको बताउनु भयो । “हामिलाइ सवै राजनितिक दल, संघसंस्थाहरु, बिद्यालयका बिशेष ब्यक्तित्वहरुले यस कार्यमा सहयोग गर्नु भएको छ, यसको दिगोपनामा समेत सबैले सहयोग गर्ने आशा लिएको उहाँको भनाई छ ।
कार्यक्रमलाइ सम्बोधनगर्दै लुम्विनी प्रदेश सभा सदस्य कविराम थारुले बालबालिकाहरु देशका भविष्यका कर्णधार तथा पहरेदार भएको हुँदा तिन तहका सरकारले बालमैत्री बाताबरणको ब्यबस्था गर्नु पर्ने कुरामा जोड दिँदै उहाँले थप्नुभयो बाल अधिकारका बिषयमा अधिकार सुनिश्चित हुनु पर्छ । घोषणा कार्यक्रममा विभिन्न राजनितीक दलक प्रमुख तथा प्रतिनिधि, सघं संस्था, संजाल लगायत सरोकारवाला बाल संरक्षकहरुले बालअधिकार सुनिश्चित गर्ने बालमैत्री बाताबरण कायम राख्ने प्रतिबद्धता गर्दै सार्बजनिक प्रतिबद्धता बक्तब्य राख्नु भएको थियो । कार्यक्रममा बालमैत्री वडा निर्माणका लागि बिशेष सहयोग गर्ने बिभिन्न बिद्यालय, संघसस्थाहरु, स्वयंसेविकाहरु लगायतलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।