fbpx

बर्दियाका खेतीयोग्य जमिन नदी कटानको जोखिममा

बर्दियाका  खेतीयोग्य जमिन नदी कटानको जोखिममा


यादव आचार्य, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर १० निवासी श्रीनिवास वर्मा नदीले खेतीयोग्य जमिन कटानी गरेपछि दुःखी छन् । नदी कटानले एकातिर कृषिको उर्भरभूमि मानिने बर्दियाको हजारौं विगाहा कृषि योग्य जमिनमा क्षती पुर्याएको छ । अर्कोतिर बबई नदीले नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा कटान तिव्र पारेपछि दुईदेशिय सीमा मिचिने सम्भावना पनि बढेर गएको छ ।

नदी कटानले गर्दा नेपालको धेरै कृषि योग्य जमिनमा क्षती पुगेको छ । वर्माले भने नेपाल भारत सिमावर्ती दशगजा क्षेत्रमा नदी कटान भएपछि नेपाल तर्फको जमिन भारतमा पुगेको छ । गुलरिया नगरपालिका वडा नम्वर १० अन्र्तगत गौढी, जयरामपुर, हंगीपुर लगायतका कृषियोग्य क्षेत्रहरु नदी कटानको जोखिममा छन् । समयमै नदी नियन्त्रणको थप दीर्घकालिन योजना नबने अझै क्षती बढ्छ । समस्याको बेवास्ता गरिए केही बर्ष भित्र जोखिममा परेका गाउँका सयौं स्थानियहरु विस्थापिन हुने उनको भनाई छ ।

दुईदेशिय सीमा क्षेत्रमा कटानको समस्या देखिएपछि कटान समस्या दीगो समाधान गर्न दुवै देशको सहकार्य जरुरी देखिएको पूर्व सिंचाई मन्त्री एवं संघीय सांसद संजयकुमार गौतमले बताए । नेपाल भारतको अन्र्तसम्वन्ध स्थापितगर्दै समस्या समाधानका लागि दुवै देश तयार हुनुपर्नेमा जोडदिँदै गौतमले भने बबई भादा औरही नदी नियन्त्रण आयोजना अन्र्तगत नेपाल तर्फको भूमिमा तटबन्ध गर्ने काम सकिएको छ ।

भारत तर्फको भुमिमा तटबन्ध नगरिँदा दुवै देशलाई समस्या देखिएको छ । भारत सरकारले आफ्नो क्षेत्रमा तटबन्ध नगरे बबई नदी नियन्त्रण आयोजनाको भविष्य चौपट हुने आँकलन हाम्रो छ । भारतीय राजदुत लगायत दुवै देशका सिमाविदहरुलाई नदी कटान क्षेत्रको अवलोकन गराउन आवस्यक छ यसको नेतृत्व म गर्छु उनले भने । बबई नदीले गुलरिया नगरपालिकाको सीमावर्ती दक्षिण पूर्वी क्षेत्रमा कटान गरेपछि बबई नदी नियन्त्रण आयोजनालाई पनि समस्यामा पर्छ ।

सिमा क्षेत्र सम्म २ किलोमिटर क्षेत्रमा तिव्र कटानी भएको बबई भादा औरही नदी नियन्त्रण आयोजनाका प्रमुख अनुभव चौधरीले बताए । हामीले कटान क्षेत्रको अध्ययन गरीसकेका छौ । आयोजनाले अनुमानित ४० करोडको बजेट ईष्टिमेटगर्दै यसै बर्ष नदी नियन्त्रणको योजना स्विकृत गराउने तयारी हाम्रो छ । बर्दियामा लामो समयदेखि बबई नदी समस्याको रुपमा देखिएको छ । बाढीका कारण यहाँको थुप्रै खेतीयोग्य जमीनमा क्षती पुर्याउने गरेको उनको भनाई छ ।

बाढी पछि कटानको समस्या उस्तै छ । नदी कटानले आफ्ना जमिन आँखा अगाडी नै बगाएको देख्नुपर्दा स्थानियहरु दुःखी छन् । राज्यलाई ठूलो घाटा ब्यहोर्नु परेको छ । गुलरिया नगरक्षेत्रको कटान रोक्दै दीर्घकालिन समाधानको उपाय खोजीनुपर्ने निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए । समयमै पर्याप्त बजेट विनियोजनगर्दै आयोजना निर्माणका सामाजीक कठिनाईहरु सम्बोधन गर्नुपर्छ । उनले भने बर्दिया जिल्ला बाढी प्रभावित जिल्ला हो । पूर्वमा बबई र पश्चिममा कर्णाली नदीको विचमा अवस्थित बर्दियामा हिउँद बर्षा दुवैमा कटानको समस्या रहँदै आएको छ । यहाँका ठूला नदीहरु दीर्घकालिन रुपमा नियन्त्रितगर्दै स्थानियको जिउधनको सुरक्षा गर्नु जरुरी छ उनले सुझ्याए । अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत