सहिदको बलिदानीको उपज प्रजातन्त्र
- आइतबार फाल्गुण ८ , २०७८
चुरेकुञ्ज, गुलरिया । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर मनाईएको छ । नेपाली कांग्रेस बर्दियाको अयोजनामा बर्दियाका निजामति कर्मचारी, नेपाली कांग्रेस कार्यकर्ता लगायतको उपस्थीतीमा परिचयात्मक तथा चियापान कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठोरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि गोपाल दहित, संजय कुमार गौतम, केन्द्रिय सदस्य जुवेदा खातुन, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, लगायत जिल्ला कार्यसमिति, गाँउ नगरका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व मन्त्री एवं केन्द्रिय सदस्य गोपाल दहितले कर्मचारीहरुको काम जनताको भावना अनुरुप गर्नुपर्नेमा जोडदिँदै ठेकेदारले नगरेका कामले नेताहरुले गाली खाने हुँदा निर्माणका कार्यमा रुचि सहित कार्यगराउन कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउनु भयो ।
प्रजातन्त्र दिवस सहितको बलिदानीको उपज भएको नेता दहितले प्रष्ट्याउनु भयो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य संजय गौतमले कम्युनिष्ट सरकारले नेपाली जनतालाई धोका दिएको बताउनु भयो । वर्षौ देखीको मेहनेतले ल्याएको लोकतन्त्र, प्रजातन्त्रलाई नेकपाको सरकारले नेपाली जनतालाई दुख दिएको भन्दै हरेक संवैधानिक अंगहरु क्षेतविक्षत पारेको आरोप लगाउनु भयो । नेपाली कांगे्रसले सरकारमा जान नचाहदा चाहदै पनि तत्कालिन सरकारले मुलुकलाई अधिनायवकवाद तर्फ डो¥याउन लागेको देखेर नेपाली कांगे्रसले संविधानको रक्षाका लागी सरकारको नेतृत्व गर्न पुगेको नेता गौतमको भनाई छ ।
चियापान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले राष्ट्रका प्रजातन्त्र दिवस एक ऐतिहासिक दिन भएको बताउनु भयो । नागरिकहरुको अधिकार स्थापित गर्न बीर सहिदहरुले गरेको योगदान बारे उहाँले प्रष्ट पार्नु भयो । प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बर्दियाले अयोजना गरेको उक्त कार्यक्रमका लागी धन्यवाद समेत दिनु भयो । स्थानिय निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले सम्बोधन गर्नु भएको छ ।