fbpx

विकास प्रेमी युवा समूह गुलरियाको अध्यक्षमा महेमुद सिद्धिकी

विकास प्रेमी युवा समूह गुलरियाको अध्यक्षमा महेमुद सिद्धिकी


मुरली गोडिया, गुलरिया । विकास प्रेमी युवा समूह गुलरियाको नगरस्तरिय कार्य समिती अध्यक्षमा महेमुद सिद्दिकी चयन भएका छन् । विकास प्रेमी युवा समूह गुलरिया नगर पालिकामा सिद्दिकी सहित १५ जनाको नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

गुलरिया नगरपालिकाका सम्पुर्ण वडालाई समेटेर कार्यसमिति चयन गरिएको छ । सिद्दिकी वडानम्वर ७ का हुन् । वडा नम्बर ६ का रमेश कुमार केसी उपाध्यक्ष, वडा नम्बर ९ का सन्तोष बहादुर शाही सचिव, वडा नम्बर ४ का सन्तोष थारु सहसचिव, वडा नम्बर १ की बर्नि भण्डारी कोषाध्यक्षमा चयन भएको उनले सिद्धिकीले जानकारी दिए ।

त्यसैगरी नगरकार्य समिती सदस्यमा गया प्रसाद थारु, गणेश विश्वकर्मा, विमल थारु, अब्जल खान, बसन्त थारु, हनुमान लोध, बृजेश राय, लक्ष्मण भण्डारी, प्रमोद चन्द र सम्झना श्रीवास्तव चयन भएका छन । विकास प्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाको अध्यक्षता तथा गुलरिया नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष गिता बस्नेतको प्रमुख आतिथ्यतामा कार्यसमिति गठन भएको अध्यक्ष सिद्धिकीले बताए ।

तपाइको मत