बर्दियामा एमसीसी सम्झौता बिरुद्ध संयुक्त बिरोध प्रर्दशन
- शुक्रबार फाल्गुण ६ , २०७८
चुरेकुञ्ज, गुलरिया । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता बिरुद्ध ६ दलिय संयुक्त दुई मोर्चाले बिरोध प्रर्दशन गरेका छिन् । गुलरिया बस पार्क स्थित आँपको बगैचाबाट निकालिएको बिरोध र्यालीले जिल्ला प्रशासन कार्यालय बर्दियाहुँदै गुलरिया बजार परिक्रमा गरी राधाकृष्ण चोकमा कोण सभा गरिएको छ ।
एमसीसी सम्झौता बिरुद्धको संयुक्त बिरोध प्रर्दशन र्यालीमा राष्ट्रघाती एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, संयुक्त मोर्चा जिन्दावाद, सम्पूर्ण बामपन्थी सच्चा राष्ट्रवादी शक्ति एकजुट होऔं, एमसीसी पास गर्ने दलालहरु होसियार भन्दै नारावाजी गरिएको छ । राधाकृष्ण चोकमा आयोजित कोणसभालाई सम्वोधनगर्दै ६ दलिय मोर्चाका प्रमुख तथा प्रतिनिधिहरुले एमसीसी कुनै पनि हालतमा लागु गर्न नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जन गणतान्त्रिक मोर्चा नेपाल लगायत नेपाल कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले शुक्रवार बिरोध कार्यक्रम आयोजना गरेका हुन् ।