fbpx

माघ महात्म्यको श्रीस्वास्थानी ब्रतकथा समापन

माघ महात्म्यको श्रीस्वास्थानी ब्रतकथा समापन


चुरेकुञ्ज, गुलरिया । श्रीस्वस्थानी ब्रत बुधवार समापन भएको छ । विशेष गरी हिन्दु परम्परा अनुसार प्रत्येक बर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा महिना दिन सम्म लिईने ब्रत शिव पार्वतीको विशेष पूजा आराजना र ब्रत गरी समापन गरिएको हो ।


पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन ब्रत शुरु गर्दा हात गोडाको नङ काटी, हविष्य एक छाक भोजन गरी पूर्णिमाको दिनदेखि ब्रत आरम्भ गरिन्छ । एक महिना सम्म प्रत्येक दिन मध्यान्ह् कालमा श्रीमहादेवसँगै श्रीस्वस्थानी देवीको पूरा गरी माघ महात्म्य अन्र्तगत कुमार अगस्त्य संवाद कथा श्रवण गरिन्छ ।

एक महिना वितेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ वेलीपुष्प, १०८ पान, १०८ कुट्का सुपारी, रोटी प्रसाद चढाएर १०० ब्रतालुले फलाहार गर्ने र ८ वटा पतिलाई पति नभए छोरा वा मित छोरालाई त्यो पनि नभए गंगामा वगाउने प्रचलन छ । विधिवत श्रीस्वस्थानीको ब्रत गर्नाले चिताएको फल प्राप्त हुने मान्यता रहँदै आएको छ । बर्दियामा ब्रतालुहरुले मन्दिर, घरमै वा जलासयमा पुगी बुधवार स्वस्थानी ब्रतको समापन गरेका छन् ।

तपाइको मत