fbpx

गुलरिया नगरमा वडा स्तरिय कमिटी गठनगर्दै नेकपा एमाले

गुलरिया नगरमा वडा स्तरिय कमिटी गठनगर्दै नेकपा एमाले


चुरेकुञ्ज, गुलरिया । नेकपा एमालेले गुलरिया नगरपालिका अन्र्तगतका विभिन्न वडाहरुमा वडा तथा टोल कमिटी गठन कार्यलाई तिव्रता दिएको छ । गाँउ गाँउमा पुगी विभिन्न टोलमा पार्टीको वडा कमिटीहरु गठनगर्दै पार्टीका योजना तथा आगामी कार्यक्रमबारे जानकारी गराउने कार्य अगाडी बढाएको हो ।

गुलरिया नगरपालिका वार्ड नम्बर ९ मा अखिल नेपाल महिला संघको टोल कमिटी र नेपाल उत्पीडित जातीय मुक्ति समाजको वार्ड कमिटी गठन गरिएको छ । शान्ति थारूको अध्यक्षतामा २७ जनाको टोल कमिटी र सावित्री खत्रीको अध्यक्षतामा २१ जनाको टोल कमिटी गठन गरिएको हो । नेकपा एमाले जनबर्गिय संगठन अखिल नेपाल महिला संघ हरिकला गुरुङको अध्यक्षतामा १९ जनाको टोल कमिटी तथा नेपाल उत्पीडित जातीय मुक्ती समाजको पबित्रा बैगारको अध्यक्षतामा २९ जनाको वार्ड कमिटी गठन गरिएको छ ।

टोल कमिटी गठन कार्यक्रमको अवसरमा नेकपा एमाले गुलरिया नगरपालिका वार्ड नम्बर ९ को टोल कमिटी बैठकमा सैती थारु सहित अन्य पार्टी परित्याग गरि १३ जना नेकपा एमालेमा प्रवेश गरेका छन । नयाँ पार्टी प्रवेशीहरुलाई नेकपा एमाले नगर कमिटी अध्यक्ष अमर बहादुर खडका र जिल्ला सदस्य भुपेन्द्र शेरालाले टीका लगाई स्वागत गर्नु भयो । कार्यक्रममा उपस्थित सहभागीले मन्तव्य राख्नु भएको थियो । रामफल गोडियाको अध्यक्षतामा भएको उक्त कमिटी गठन कार्यक्रममा रत्ना कुमारी सुनारले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण टेक बहादुर खत्रीले गर्नु भएको थियो ।

तपाइको मत