fbpx

बन्दले बर्दियाको जनजीवन प्रभावित

बन्दले बर्दियाको जनजीवन प्रभावित


चुरेकुञ्ज, गुलरिया । अमेरिकी सहायता परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको मागगर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व लगायतका दलहरुले गरेको नेपाल बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु विहानै देखि चलेनन् ।

बन्दका कारण विद्यालय, कलकारखाना, उद्योग, ब्यापार ठप्प रहे । बन्दका बेला बर्दियामा ब्यापक सुरक्षाकर्मी परिचालन भएका थिए । बर्दियामा शान्तिपूर्ण रुपमा बन्द तथा बिरोधका कार्यक्रमहरु भएका छन् कुनैपनि अप्रिय घटनाहरु नभएको जनाईएको छ ।

तपाइको मत