fbpx

एमसीसी खारेजीको मागगर्दै बर्दियामा अनेरास्ववियु क्रान्तिकारी र वाईसीएलको संयुक्त बिरोध प्रर्दशन

एमसीसी खारेजीको मागगर्दै बर्दियामा अनेरास्ववियु क्रान्तिकारी र वाईसीएलको संयुक्त बिरोध प्रर्दशन


चुरेकुञ्ज, गुलरिया । अमेरिकी सहायता परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको मागगर्दै बर्दियाको गुलरियामा बिरोध प्रर्दशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति बर्दिया र योङ् कम्युनिष्ट लिग नेपाल जिल्ला समिति बर्दियाले संयुक्त रुपमा बिरोध र्याली निकालेका छन् ।

बुधवार दिउँसो निकालिएको संयुक्त र्यालीले एमसीसी चाहिँदैन, एमसीसी खारेज भन्दै गुलरिया बजार परिक्रमा गरी नारावाजी गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी कोणसभागर्दै सत्तागठबन्धन माओवादी केन्द्रका भातृसंगठनहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने सरकारलाई दबाब दिएका छन् ।

तपाइको मत