जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको रक्तदान
- मंगलबार फाल्गुण ३ , २०७८
चुरेकुञ्ज, गुलरिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बर्दियाले २७ औं जनयुद्ध दिवसको अवसर पारेर बर्दियाको गुलरियामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोभिडका महामारीका बेला जिल्लामा रक्त अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम मार्फत १४ पिन्ट रक्त संकलन गरिने लक्ष्य रहेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बर्दियाका सेक्रेटरी गणेश चौधरीले बताए । बर्दिया अस्पताल प्रांगणमा अवस्थित नेपाल रेडक्रस सोसाईटीको रक्तसंचार केन्द्रमा रक्त संकलन गरिएको छ । कोभिड महामारीका बेला रक्त अभाव हुन नदिन जनयुद्ध दिवसको अवसरमा रगत संकलन कार्यक्रम आयोजना गरेको उनको भनाई छ ।
पार्टीले जनयुद्ध दिवसको अवसरमा सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गरेको छ । जसअन्र्तगत माघ २९ गते बर्दियाका सबै पालिकामा दीपप्रज्वलन, फागुन १ गते शुभकामना आदान प्रदान कार्यक्रम सकेका छौं । फागुन ६ देखि १३ गते सम्म जनयुद्धका घाईतेहरुलाई अभिनन्दन, १४ देखि २१ गते सम्म सबै पालिकामा रहेका शहिद परिवारलाई अभिनन्दन गरिने सेक्रेटरी चौधरीले जानकारी दिए ।