fbpx

पत्रकार महताराको जुग जगाउँदाखेरी पुस्तक विमोचन

पत्रकार महताराको जुग जगाउँदाखेरी पुस्तक विमोचन


चुरेकुञ्ज, गुलरिया । पत्रकार डवल महताराको जुग जगाउँदाखेरी नामक पुस्तक विमोचन गरिएको छ । सोमबार बर्दियाको सदरमुकाम गुलरियामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले पुस्तक विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महराले पुस्तकले क्रान्तिको मुल्यबोध गराउनुका साथै माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित बारबर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार महरा बर्दिया आइपुग्नु भएको थियो ।

पत्रकार महताराले जनयुद्धको समयमा आफूले पत्रकारिताको क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई पुस्तकमा समेट्नु भएको छ । पुस्तकका बारेमा प्रेस सेन्टर, नेपालका पूर्व अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा.दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्व सचिव प्रभात चलाउनेले टिप्पणी मार्फत पुस्तकले कठिन समयको स्मरण गराएको बताउनु भएको छ । उहाँहरुले ‘पत्रकार मात्र होइन ‘जुग जगाउँदाखेरि’ पुस्तक सबैका लागि निकै पठनीय र सङ्ग्रहणीय रहेको अनुभुती जाहेर गर्नुभएको छ ।’

तपाइको मत