fbpx

राष्ट्रपति शैक्षिक सुधारको नाममा ठगीको आरोपमा पक्राउ

राष्ट्रपति शैक्षिक सुधारको नाममा ठगीको आरोपमा पक्राउ

चुरेकुञ्ज, गुलरिया । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी विद्यालय लगायत संघसंस्थालाई गुणस्तरहिन विद्युतिय तथा स्टेशनरी सामाग्री विक्री वितरणको आरोपमा प्रहरीले कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ निवासी ३९ बर्षिय प्रकाश बराल क्षेत्रीलाई नियन्त्रणमा लिएको छ । साईवर एण्ड लाईव्रेरी नामक प्रोजेक्ट मार्फत बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ६ स्थित बगलामुखी माध्यमिक विद्यालय परिसरबाट विक्री वितरण भैरहेको अवस्थामा सामाग्रीसहित उनलाई पक्राउ गरेको छ ।

प्रविधिसँग जानकार नभएका विद्यालय तथा संस्थाहरुलाई भ्रममापार्दै सहुलियतमा विद्युतिय सामाग्री वितरण हुँदैछभन्दै प्रलोभन देखाई न्युन गुणस्तरका विद्युतिय तथा स्टेशनरी सामाग्री उच्च मुल्यमा बिक्री गरेको भन्ने सूचनाका आधारमा निजलाई सामानहरुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

मानिससँगै नगद १ लाख ९२ हजार रुपैया, विभिन्न बैंकका ३ थान चेक, साईवर एण्ड लाईव्रेरीको नाममा रहेको ४ थान विल ठेगी लगायत कारोवार स्थलबाट प्रिन्टर ११ थान, मोनिटर १९ थान, सीपीयू १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सीसीटीभी क्यामेरा १८ थान, किवोर्ड १९ थान, नेपाली बृहत शब्दकोष ७ थान र अक्सफोर्ड किताव, विभिन्न शब्दकोष ३० थान र विभिन्न पुस्तक तथा क्यालेण्डर भएको कार्टुन २९ थान बरामद गरेका छौं ।

विद्यालय शैक्षिक संस्थालाई प्रभाव पार्नेगरी मोवाईलमा ईन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमहरुबाट म्यासेजगर्दै शिक्षा समन्वय ईकाई गुलरिया र बगलामुखी माध्यमिक विद्यालय गुलरियामा विशिष्ट ब्यक्तीको उपस्थितीमा सहुलियतमा शैक्षिक प्राविधिक सामाग्री वितरण हुने जानकारी गराउँदै प्रचारप प्रसार गरी अफवाह फैलाई न्युन गुणस्तरका सामाग्रीहरु बढी मुल्यमा विक्री वितरण गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी शाहीको भनाई छ । बर्दिया जिल्ला अदालत गुलरियाबाट ठगी सम्वन्धि कसुरमा ५ दिन म्याद थपगरी अनुसन्धान अघि बढाएका छौं ।

बर्दियाको गुलरियामा प्रविधि सामाग्रीहरु विक्री वितरण भैरहेको थाहापाए पश्चात कम्प्युटर एशोसिएसन नेपाल महासंघ बर्दियाका अध्यक्ष गोपाल निरौला र प्रविधिमैत्री शिक्षक समाज नेपाल बर्दियाका अध्यक्ष केशव तिमलसैनाले संयुक्त विज्ञप्ती जारीगर्दै विक्रीवितरण उपर छानविन गरी आवस्यक कारवाहीको माग गरेका हुन् । प्रविधिमा जानकार दुवै संस्थाले विगतका बर्षहरुमा पनि त्यस्ता सामाग्रीहरु विक्रीवितरण गरिएको र सामान लिनेहरु सबै ठगिएकाले सचेत हुन आग्रह गरेका छन् ।

तपाइको मत