fbpx

नेपाल–भारत सीमावर्ती स्टेशनमा नेपाली टाँगा ठप्प

नेपाल–भारत सीमावर्ती स्टेशनमा नेपाली टाँगा ठप्प


चुरेकुञ्ज, गुलरिया । नेपाल–भारत सीमावर्ती बर्दियाको गुलरिया–मूर्तिहा सडक खण्डमा भारततर्फ टाँगाहरु चलाउन भारतीय बन रक्षकहरुले अवरोध गरेकोभन्दै नेपाली टाँगा ब्यवसायीहरु चिन्तित बनेका छन् । बर्षौदेखि सीमावर्ती क्षेत्रमा सवारीका रुपमा टाँगा चलाउँदै आएका उनीहरु भारतीय पक्षले एक्कासी टाँगा चलाउन कठिनाई पारेकोभन्दै निर्वाध आवागमन सुचारु गराउन टाँगा ब्यवसायीहरुले माग गरेका छन् ।

भारतीय रेञ्जरले विना कारण कुटपिटगर्दै भारतीय क्षेत्रमा टाँगा लैजान नदिएको नेपाली टाँगा ब्यवसायी गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी इन्ताज अलि मनिहारले बताए । भारतीय पक्षले नेपालको टाँगा नेपाल लैजाउ भनेर फिर्ताई दिए । करिव ४० बर्षदेखि हामीले गुलरिया मूर्तिहा सडक खण्डमा टाँगा चलाएर गुजारागर्दै आएका छौं । उनले भने ४ दिन देखि निर्वाध सवारी लैजान पाएका छैनौं । टाँगा ब्यवसायीहरु वडखरा, गुड्डुु र नोटलाई पिटेका पनि छन् ।

कुन कारणले रोकेका हुन् हामीलाई थाहा छैन । हामीले कुनै गल्ती गरेजस्तो पनि लाग्दैन । कुटपिट नगरी टाँगा ब्यवसाय निर्वाध चल्न पाउनु पर्ने मागगर्दै उनले थपे हाम्रो रोजीरोटीको आधार नै टाँगा हो । जसरी हुन्छ हामीलाई सहज रुपमा ब्यवसाय गर्ने बातावरण बनाईदिनु पर्योभन्दै सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई पनि जानकारी गराएका छौं उहाँले पहल गरिरहेको बुझेका छौं । गुलरिया–मूर्तिहा सडकखण्डमा १५ वटा टाँगा (घोंडगाडी) चल्दै आएको मनिहारले जानकारी दिए ।

नेपाली टाँगा ब्यवसायीहरुलाई भारतीय पक्षले रोकावट गरेको सम्बन्धमा भारतीय पक्षसँग कुरा भैरहेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्वर हेडक्वाटर गुलरियाका सशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्द केसीले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसवी) सँग कुनै समस्या छैन । उनले भने भारतीय बन कार्यालयसँग हामीले कुरा बुझ्दा त्यस्तो कुनै रोकावट नभएको जानकारी पाएका छौं । भारतीय पक्षसँग समन्वय भैरहेको छ । नेपाली टाँगा ब्यवसायी र भारतीय बन रक्षक दुवैलाईसँगै राखेर छलफल गर्ने तयारी हाम्रो छ । हामीले छिट्टै समस्या समाधान गर्छौ ।

केही दिनअघि गुलरिया नगरपालिका वडा नम्वर ९ टेपरी गाउँको नेपाल–भारत सीमावर्ती क्षेत्र दशगजामा केही नेपाली र भारतीय बन रक्षक विच कुटाकुट भएको थियो । भारतीय बनबाट ल्याउने काठ दाउरा सम्बन्धी विवादमा भारतीय पक्ष र नेपाली स्थानियविच कुटपिट हुँदा भारतीय बन रक्षक प्रवेश कुमार र उनका सहयोगी राम मिलनको टाउँकोमा चोट लागेको थियो । बर्दिया अस्पताल गुलरियामा उपचार पश्चात उनीहरु भारत फर्किएका छन् । घटनाबाट संलग्न आरोपमा बर्दिया प्रहरीले नेपाली युवाहरु अजमेर अली, चेतराम चौधरी र विक्की गिरीलाई नियन्त्रणमा लिएको छ ।

तपाइको मत