fbpx

राजापुरमा साढे ९ करोडको पिकनिक स्थल शिलान्यास

राजापुरमा साढे ९ करोडको पिकनिक स्थल शिलान्यास


मिन अधिकारी, राजापुर । राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीले कार्यक्रमका विच पिकनिक स्पटको शिलान्यास गर्नु भएको छ । राजापुर नगरपालिका वडा नं. १० कोठियाघाटमा रहेको ७ विगाहा जमिनमा ९ करोड ४५ लाखको लागतमा निर्माण गरिने पिकनिक स्पटको शिलान्यास गरिएको हो ।

नेपालकै लामो पक्की पुल कोठियाघाटमा रहेको ७ विगाहा क्षेत्रफलमा टिकट काउन्टर, गार्ड हाउस, चौतारा, फ्लावर वेड बाउन्डरी, ल्याण्ड स्केटिङ, सिटिङ चियर व्याडमिन्टन कोर्ड, बोटिङ लगायतका संरचना सहितको पिकनिक स्पोट निर्माण हुने इन्जिनिएर सरिता चन्दले वताउनु भयो । कार्यक्रमको शिलान्यसमा बोल्दै नगरप्रमुख चौधरीले १ वर्ष भित्रै निर्माण कार्य सकेर राजापुर नगरपालिकामा आन्तरिक पर्यटन प्रबद्धन गर्ने लक्ष्य लिएको चुरेकुञ्जलाई बताउनु भयो ।

नगर उपप्रमुख मनकला कुमारी चौधरीले राजापुर नगरपालिकामा बन्ने ठूलो र करोडौँको आयोजनालाई निर्माणकर्ताले खेलवाड नगरी गुणस्तरीय सामग्रीको प्रयोग गरी समयमै निर्माण सम्पन्न गर्न सुझाव दिनु भएको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले वडा नं. १० मा बन्ने संरचनाबाट स्थानीयको आर्थिक उपार्जन हुने र विकासका ढोकाहरु खुल्नेमा स्थानीय खुशी भएको वताउनु भयो । शिलान्यास कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, वडाध्यक्ष दयाशंकर चौधरी, बडाका जनप्रतिनिधिहरु, प्राविधिक कर्मचारी, पत्रकार स्थानीय नागरीकहरुको सहभागिता रहेको थियो ।

यस्तै राजापुर नगरपालिका वडा नं. १ र ३ मा निर्माणधिन वडा कार्यालय भवन र वडा नं. २ मा रहेको थारु संग्रालय संरचना निर्माण स्थलगत अनुगमन गरिएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशसकिय अधिकृत लगायत कार्मचारीहरु, प्राविधिक सहितको टोलीले अनुगमन गर्दा निर्माणकर्ता ठेकेदार कम्पनीले लापरवाही गरी सम्झौता अनुसारको काम नगरेको देखिएकाले तत्कालै नगरपालिकामा बोलाउने र सम्झौता अनुसार काम गर्न निर्देशन दिने बताईएको छ । निर्देशन अटेर गरेमा कानुनी उपचारमा जाने नगरप्रमुख चौधरीले वताउनु भएको छ ।

तपाइको मत