fbpx

मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रहरी नियन्त्रणमा

मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रहरी नियन्त्रणमा


हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले मोटरसाईकल चोरीको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल धनी बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वार्ड नम्बर ३ का महेश चौधरीले कार्तिक ५ गते राती घरबाटै भे ७ प ६६२५ नम्बरको कालो प्लाटिना मोटरसाइकल चोरी भएकोभन्दै खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएका थिए ।

उजुरीपछि खोजतलासमा रहेको प्रहरीले शुक्रबार बारवर्दिया नगरपालिका वार्ड नम्बर २ बस्ने विशाल थापाले चलाई रहेको भे ४ प ३१२४ नम्बरको कालो रंगको प्लाटिना मोटरसाइकल चेकजाँच गर्दा हराएको चौधरीको मोटरसाइकल रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताउनु भयो ।

थापाले मोटरसाइकल चोरी गरी आफूखुसी नम्बर परिवर्तन गरी चलाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका विशाल थापालाई सोधपुछ गर्ने क्रममा मोटसाइकल चोरीमा संलग्न बर्दिया जिल्लाको बारवर्दिया नगरपालिका वार्ड नम्बर ३ बस्ने विक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार सहित थप ३ जनालाई पक्राउ गरेको डीएसपी शाहीले जानकारी दिनुभयो ।

तपाइको मत