fbpx

मानव बेचविखन विरुद्ध गुलरियामा घरदैलो सचेतना

मानव बेचविखन विरुद्ध गुलरियामा घरदैलो सचेतना

मुरली गोडिया, गुलरिया । गाँउ समाजमा थुप्रै महिला बालबालिका हिंसाको सिकार हुने गरेतापनि सहज रुपमा खुल्न नसक्दा कानूनी प्रकृयामा जटिलता आउने गरेको छ । गुलरियामा घर घरमा पुगी मानववेचविखन तथा अन्य हिंसा भए सम्बन्धित निकायमा खवर गर्न सचेतपार्दै आग्रह गरिएको छ ।

श्रीमान श्रीमती बीच हुने घरायसी विवाद, युवाहरुले लागुपदार्थ सेवन गरी गाँउघरमा गने विवादले समाजमा पर्ने नकारात्मक प्रभाव बारे स्थानियलाई सचेत पारिएको गुलरिया नगरपालिका वडा नम्बर ५ की वडा अध्यक्ष सावित्रा गौतमले चुरेकुञ्जलाई बताउनु भयो । हाम्रो अह्वान मानव बेचविखन विरुद्धको अभियान अन्तर्गत गुलरिया वडा न. ५ को आयोजना तथा आमकास नेपाल बर्दिया, मानव अधिकारका लागी महिला एकल, माइती नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र शान्ति पुर्नस्थपना गृह गुलरियाले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

ग्रामिण भेगमा थुप्रै महिलाहरु आफना पिडा लुकाएर बसेको तथा संघसंस्था, प्रहरी, स्थानिय सरकार माझ आउन नसकेकाले घरघरमै पुगी विभिन्न सामाजिक समास्याबारे जानकारी दिई पिडितका लागी सवै निकाय छन भन्ने कुराको आभाष दिलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने आमकाश नेपाल बर्दियाकी प्रमुख संगीता महताराको भनाई छ ।

तपाइको मत