बिपद् ब्यवस्थापनकर्मीलाई क्षमता अभिबृद्धि तालिम
- बिहिबार माघ २९ , २०७७
बर्दिया । नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको प्राविधिक सहयोग, जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वय तथा बारबर्दिया नगरपालिकाको आयोजनामा २ दिने विपद् लेखाजोखा, लैंगिकसमता तथा सामाजिक समावेशीकरण तालिम विहिवार बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ ।
बिपद्का बेला महिला, बालबालिका, बृद्धा, अपाङ्ग, पछाडि परेका समुदायलाई आधारभूत मानवीय मापदण्डको प्रयोगगर्दै सहज र सरल तारिकाबाट राहत सहयोग उपलब्धमा सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा रेडक्रस, स्थानियतह, प्रहरी लगायत सरोकारवाला संघसंस्थाको सहभागिता थियो ।

तालिम समापनगर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बारबर्दिया नगरपालिकाका वार्ड नं.१ देखि ५ सम्मका समुदाय बढी जोखिम र वार्ड नंं ११ का केहि समुदायहरु जोखिममा रहेको बताए । प्राकृतिक विपद्लाई रोक्न नसकिएपनि जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । समयमा प्रभावकारी लेखाजोखा गरि उद्धार तथा राहत कार्यका लागि दु्रत लेखाजोखाको महत्वपूर्ण स्थान रहेको छ । यसमा स्थानिय तहको अझ बढी जिम्मेवारी रहेको प्रजिअ अधिकारीको भनाई छ ।
नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका सभापति कृष्ण गौतमले पछिल्लो समयमा विपद्को पूर्वतयारी तथा प्रतिकार्य गर्न स्थानीय निकाय तहहरुले सक्रियता देखाएको बताए । स्थानीय निकायहरुलाई विपद् सम्बन्धि प्राविधिक सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने प्रतिवद्धता उनले गरे । बारबर्दियामा नगरपालिकामा स्थापना गरिएको स्थानिय आपतकालिन कार्यसँचालन केन्द्रमा १ जना कर्मचारी पालिका सहायकको भूमिकामा सहयोग गरेको छ ।

बारबर्दिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बाढीबाट यसक्षेत्र सबैभन्दा बढीे प्रभावित हुने गरेको बताए । सूचना व्यवस्थापन, समन्वय र पूर्वतयारी हेतुले स्थानिय तह तयारी रहेको वुढाको भनाई छ । रेडक्रससँग समन्वय र हातेमाले गरि कार्य गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । महिला तथा बालबालिका अधिकृत उषा पुनले विपद्मा सबभन्दा बढी महिला, बालबालिका, अपांग, बृद्धा आदि बढी जोखिममा पर्ने गरेकोले त्यस तर्फ विशेष ध्यान दिएर कार्य गर्न आग्रह गरिन् । तालिममा विपद् शब्दावलीहरु, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि नितिगत कुराहरु, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, आधारभूत मानवीय सिद्धान्त र मापदण्डहरु, विपद् लेखाजोखा, पैरवी र जवाफदेहिता लगायतका विषयहरुलाई समेटिएको थियो ।
तालिममा नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाका कर्मचारी तथा स्वयमसेवक, स्थानीय तहका प्रतिनिधि तथा कर्मचारी, इलाका प्रहरी चौकी र अन्य सरोकारवाला निकायका प्रतिनिधि गरि ३५ जनाकोे सहभागिता गराईएको छ । गेरुवा गाउँपालिका माघ २३ र २४ गते सोही विषयवस्तुको तालिम सम्पन्न भैसकेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, रेडक्रस बर्दिया शाखाका सभापतिहरु द्धारा बारबर्दिया नगरपालिकामा स्थापना गरिएको स्थानिय आपतकालिन कार्यसँचालन केन्द्रको अनुगमन गरेका छन् ।
नेरेसो बर्दिया शाखाका सभापति कृष्ण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक केदार रजौरे, वातावरण तथा विपद् शाखाका संयोजक टेक बहादुर बिक, महिला तथा बालबालिका प्रमुख उषा पुन, विपद् फोकल पर्सन कृष्ण गौतम, नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका कार्यालय प्रमुख हरि केसी, उपशाखाका कोषाध्यक्ष राधेश्याम चौधरी, स्थानिय आपतकालिन कार्यसँचालन केन्द्र बारबर्दियाका पालिका सहायक अच्यूत सुवेदी लगायतको उपस्थिति थियो ।
तालिमको संयोजन नेपाल रेडक्रस सोसाइटी मार्पmत जिल्ला आपतकालिन कार्यसँचालन केन्द्र बर्दियामा कार्यरत सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गरेका हुन् । जिल्ला आपतकालिन कार्य सँचालन केन्द्र सप्तरीका सूचना व्यवथापन अधिकृत बिनायक पौडेल लगायतले तालिममा सहजिकरण गरेका थिए ।