बर्दियाको राजापुरमा ओम शान्तिको भवन शिलान्यास
- आइतबार माघ २३ , २०७८
केशव कोईराला, बर्दिया । ब्रह्माकुमारी इश्वरिय बिश्वबिधालय राजयोग प्रशिक्षण केन्द्र उपशाखा राजापुरमा (ओम शान्ति) राजयोग भवनको वसन्त पञ्चमीका दिन शिलान्यास गरिएको छ । भवनको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममाबोल्दै नगर प्रमुख चौधरीले मानिसको दैनिक ब्यस्तता र अस्वस्थकर खानपिनका कारण जनजीवन अस्तब्यस्त भइरहेको भन्दै आध्यात्म र योग अपरिहार्य भएको बताउनु भयो । धार्मिक, आध्यात्मिक क्षेत्रको बिकाश गर्नुपर्ने अबको आबश्यकता भएकोभन्दै नगरप्रमुख चौधरीले राजयोग भवन निर्माणकालागि ब्यक्तिगत रुपमा सहयोग गर्नुका साथै नगरपालिका तथा प्रदेस सरकारमा समेत पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले १२ घन्टा काम गरेपनी १ घन्टा योग साधना गर्न जरुरी रहेकोभन्दै राजयोग भवन निर्माणका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । यस्तै समाजसेवी साबित्री पुरीले राजापुर भुमी पबित्र गर्न सबैको भुमिका रहनेभन्दै राजयोग भवन निर्माणमा जग्गादाता स्वर्गीय सुधिर शर्माको भुमिकाको उच्च मुल्यांकन गर्नुभयो ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरिय बिश्वबिद्यालय नेपालगन्जका प्रमुख दुर्गा दिदी, राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरी, समाजसेबी बिमला जिसी, रेडक्रस सभापति माया भट्टराई, जेष्ठनागरीक जिवराज रेग्मी, समाजसेवी नरेन्द्रविक्रम जिसी, लगायत सहभागी थिए ।
कार्यक्रमको ब्रह्माकुमारी इश्वरिय बिश्वबिधालय शाखा गुलरियाकी प्रमुख गिता दिदिको अध्यक्षतामा आयोजना गरिएको थियो । ब्रह्माकुमारी इश्वरिय बिश्वबिधालय राजयोग प्रशिक्षण केन्द्र राजापुरले २ बर्ष यता योग, साधना तथा शान्ति लगायतका सु सन्देशका कार्यहरू गर्दै आइरहेको उपशाखा प्रमुख सपना दिदिले बताउनु भयो ।