निलसागर गुलरियालाई प्रेस चौतारी बर्दियाको खाद्यान्न सहयोग
- शनिबार माघ २२ , २०७८
चुरेकुञ्ज, गुलरिया । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र गुलरियालाई खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । प्रेस चौतारी बर्दियाले कार्यक्रमको आयोजनागर्दै खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
नेकपा एमाले बर्दियाकी उपसचिव टीका शंसेलीले निलसागरका लेखा प्रमुख दिवाकर खत्रीलाई सहयोग हस्तान्तरणगर्दै प्रेस चौतारीले उदारहणीय कार्य गरेको बताउनु भयो । दीनदुःखीको सहाय वन्न चौतारीका पत्रकारहरुलाई उहाँको अनुरोध छ । एमालेले पत्रकारलाई जस्तोसुकै सहयोग उपलब्ध गराउन पछि नहट्ने उहाँको प्रतिवद्धता थियो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले प्रेस चौतारी नेपालको स्थापना दिवसको शुभकामना दिँदै चौतारी बर्दियाले उपलब्ध गराएको खाद्यान्न सहयोगको सह्राना गर्नुभयो । निलसागरमा अशक्त आश्रितहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ लगायत जिल्लाका पत्रकारहरु सधैं अग्रपंक्तीमा रहेको अध्यक्ष आचार्यको भनाई छ ।
प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाको अध्यक्षता आयोजित कार्यक्रममा सहयोगका बारेमा जानकारी गराउँदै अध्यक्ष सापकोटाले चौतारीले स्थापना दिवसका अवसरमा प्रत्येक बर्ष नयाँ नयाँ कार्यहरु गर्ने प्रतिवद्धता ब्यक्तगर्नु भएको छ । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मानबहादुर चौधरीले प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शुभकामनादिँदै चौतारी जनउत्तरदायि बन्दै जाने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
चामल, दाल, तेल, नुन लगायतका ५ हजार २ सय मुल्य बराबरको खाद्यान्न हस्तान्तरण गरिएको छ । कार्यक्रममा पत्रकार लगायत निलसागरमा आश्रितहरुको सहभागीता थियो । पत्रकार मुकुन्द सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।