पशुमा लाग्ने खोरेत रोग उन्मूलन अभियानमा बर्दिया
- शुक्रबार माघ २१ , २०७८
चुरेकुञ्ज, बर्दिया । पशुहरुमा लाग्ने खोरेत रोग समस्याका रुपमा देखिएको छ । रोगकै कारण पशु पालक किसानहरुको उत्पादनमा हस ल्याउने भएपछि जिल्लामा खोरेत उन्मुलन अभियान शुरु गरिएको छ ।
पशुहरुमा लाग्ने खोरेत रोगले मासुजन्य उत्पादनमा कमी ल्याउने एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका पशु विकास अधिकृत डाक्टर सुमन खनालले बताए । पशुहरुमा लाग्ने खोरेत सिमाविहिन अति खतरनाक सरुवा रोग भएकाले पशुमा संक्रमणपछि पशुहरुको वजन घट्ने हुन्छ । रोगी पशुहरुसँगको सम्पर्क, काँचो दुध, दानापानी र हावापानीका कारण पशुहरुमा खोरेत रोगको भाईरस सर्छ । यस रोगबाट पशुहरुलाई जोगाउन किसान सधैं सजग हुनुपर्छ ।
खोरेत रोग लागेका पशुहरुमा शुरुमा कडा ज्वरो आउँछ । विरामी पशुको खुर पाक्ने भएकाले खुट्टा सुन्निएपछि खोच्याउने हुन्छ । मुखमा फोका आउँने भएकाले दानापानी खान छाड्छ । एक्कासी दुध दिन छाड्छ । अधिकृत खनालले थपे रोगबाट पशुहरुलाई जोगाउन सरसफाईमा ध्यानदिनु अति जरुरी हुन्छ । यदि राम्रो सँग उपचार भएन भने पशु जोखिममा पर्न सक्छ । बर्दियामा ६८ वटा पशुहरुमा खोरेत परिक्षण गर्दा ५९ ओटामा पोजेटिभ आएको पायौं । खोरेत रोगकै कारण नेपाली मासुजन्य उत्पादनको विदेशमा समेत माग छैन ।
बर्दियामा ८६ दशमलव ८ प्रतिशत पशुहरुमा खोरेत रोग पाईएको छ । बाँके, बर्दिया र कास्कीविच बाख्रा ब्यापार हुने गरेको उनले बताए । चेकजाँचका क्रममा बाँकेमा ४२ दशमलव २ प्रतिशत र कास्कीमा ८७ दशमलव १ प्रतिशतमा खोत रोग भेटिएको छ । हामीले बर्दियामा खोरेत रोग उन्मुलन अभियान शुरु गरेका छौं । जस अन्र्तगत परिक्षण उपचार लगायत खोप कार्यक्रम लागु हुन्छ । खोरेत रोग नियन्त्रण तथा उन्मुलन कार्यविधि अनुसार हामी अघि बढेका छौं उनले प्रष्ट्याए । खोरेत रोग अति खतरनाक हुने भएकाले पशु किसान र उपभोक्ता दुवै चनाखो हुनु अति जरुरी छ ।
पशुहरुमा लाग्ने खोरेत रोग उन्मुलनका लागि प्रभावकारी खोप सेवा शुरु गर्ने तयारी अन्तिम चरणमा भैरहेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए । पहिलो चरणमा जिल्लाका पशु कृषकहरुसँग भएको पशु चौपायाहरुको यकिन तथ्यांक संकलन गर्छौ । त्यसपछि खोपको कार्यक्रम शुरु हुन्छ । बर्दियाका ८ वटै स्थानिय तहहरुमा तथ्यांकको काम शुरु भएको छ । खोरेत रोगका कारण दुग्ध तथा मासुजन्य उत्पादनमा हस ल्याएको प्रमुख घिमिरेको भनाई छ ।