fbpx

बर्दियामा आन्तरिक क्वारेन्टाइन नहुँदा समस्या

बर्दियामा आन्तरिक क्वारेन्टाइन नहुँदा समस्या


चुरेकुञ्ज, बर्दिया । बर्दियामा मासुजन्य वस्तु भित्रिने नाकाहरुमा आन्तरिक पशु क्वारेन्टाइन नहुँदा समस्या परेको छ । आयातित मासुजन्तु पदार्थ उपभोक्ताको हातसम्म पुग्दा मासु चेकजाँचको प्रबन्ध नभएपछि मासु उपभोक्ताहरु जोखिममा परेका छन् ।

जिल्लामा मासुजन्य पदार्थको आन्तरिक चेकजाँच हुन नसकेको पशु क्वारेन्टाइन कार्यालय बर्दियाका वरिष्ठ पशुचिकित्सक विनय कुमार कर्णले बताए । उत्तरसीमा जाँचको ब्यवस्था गर्न सकिएको छैन । क्वारेन्टाइन कार्यशैलीका धेरै कमजोरी छन् । उनले भने जोखिम विश्लेषण अभाव छ । क्वारेन्टाइन जाँच प्रणाली स्थापना हुन सकेको छैन । जिल्ला भित्रिने नाकाहरुमा चेकजाँच कमजोर छ । आवस्यकता अनुसारका आवागमन हुने नाकाहरुमा कार्यालयको खाँचो छ ।

क्वारेनटाइन सेवातर्फ भौतिक पूर्वाधार र बजेटको कमी रहेको उनले सुनाए । जिल्लामा रहेको कार्यालयबाट हामीले राजश्व संकलनको प्रथम डफ्फामा क्वारेन्टाइनको विश्वब्यापी अवधारणालाई साकार पार्ने भुमिका निभाएका छौं । उनले थपे अवैंध पैठारी नियन्त्रण गर्न कार्यालयले समन्वय, सहकार्य र सहयोग पुर्याउँदै आएको छ । पशुजन्य रोगको रोकथाम तथा नियन्त्रणको अविस्मरणीय योगदान हाम्रो छ । पशुपंक्षी ढुवानी ऐन अन्र्तगत अफ्रिकन स्वाईन फिवरका कारण चिन र भारतबाट वंगुर लगायत वंगुरजन्य उत्पादन निर्यातमा प्रतिवन्ध छ ।

त्यस्तै भारतबाट मंगुर माछाको पैठारी निषेध छ । भारतको चल्ला, तयारी कुखुरा वा कुखुराको मासु पैठारी प्रतिवन्ध रहेकाले प्रतिवन्धिन वस्तुहरु भित्रिन नदिन निगरानी गरेका छौं । चालु आर्थिक बर्षको श्रावण देखि पुस मसान्त सम्म बर्दियाका सिमावर्ती क्षेत्रबाट भारतबाट भित्र्याईएका भारी मात्रामा अवैध मासुजन्य वस्तुहरु बरामद गरेको शसस्त्र प्रहरी वल नेपाल ३१ नम्वर हेडक्वाटर बर्दियाका प्रहरी नायव उपरिक्षक शंकर तिवारीले बताए ।

हामीले ३ लाख ९७ हजार ७ सय रुपैया बराबरको मासुजन्य वस्तुहरु बरामद गर्यौ । बर्दियामा ८३ किलोमिटर सीमा क्षेत्र खुला सिमाना छ । जसमा २९ वटा आउट वोर्डर पोष्ट (बीओपी) आवस्यक पर्छ । बर्दियाको सिमानामा ८ ओटा विओपी मार्फत सीमा सुरक्षा तथा निकासी पैठारी रोकथामको काम भैरहेको उनले प्रष्ट्याए । सीमा सुरक्षाकर्मीहरुलाई क्वारेन्टाइन सम्वन्धी जानकारी मूलक कार्यशाला आवस्यक रहेको उनको भनाई छ । प्रतिवन्धित मासुजन्य पैठारीको ऐन, कानून र नियमका बारेमा सुरक्षाकर्मीहरुलाई थप सचेत पार्नुपर्ने आवस्यकता छ उनले भने ।

तपाइको मत