आर्युवेद उपचार सेवातर्फ विरामीको आर्कषण बढ्दै
- बिहिबार माघ २० , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दिया जिल्लामा सन्चालन गरिएको आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रम समन्वयात्मक गोष्ठि गुलरियामा सम्पन्न भएको छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको गोष्ठिमा जिल्लाका विभिन्न पालिकामा सन्चालित आयुर्वेद औषाधलय, नागरिक आयुर्वेद केन्द्र र सम्बन्धित पालीकाका स्वास्थ्य शाखाका प्रमुख तथा जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।
२२ जनाको सहभागिता रहेको कार्यक्रमको प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बाहदुर थारुले आयुर्वेद क्षेत्र ओझेलमा परेकाले यसलाई गम्भिरता पुर्व सोच्नुपर्ने बताउनु भएको छ । साधन स्रोतको कमी, जनशक्तिको अभावका वावजुद पनि आयुर्वेद कर्मीहरुले सेवा गरिरहेकोमा सह्रना गर्नुहुदै आयुर्वेद पद्धतिको औषधिको प्रयोगले आज पनि सन्चो भएको अनुभव सुनाउनु भयो । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कलावति बिश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र जंग शाही, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, गैर सरकारी सस्था महासंघका अध्यक्ष बिष्णु तिमिल्सेनाले आफनो धारणा राख्नुहुदै आयुर्वेद चिकित्सा क्षेत्रको बिकासका लागि स्थानिय पालिकाहरुले सहयोग गर्नुपर्ने र आर्युवेदकर्मीहरुले सम्वन्य सम्पर्क तथा क्षमता बढाउनुपर्ने बताएका थिए ।
बर्दिया जिल्लामा आयुर्वेद औषधालय ४७ वटा, नागरिक आयुर्वेद आरोग्य स्वास्थ्य केन्द्र ३ बटा र आयुर्वेद स्वास्थ्य केन्द्र १ वटा रहेका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको चालु आर्थिक बर्षदेखि हाल सम्म जम्मा महिला ३ हजार ७ सय ९७ र पुरुष २ हजार ५ सय ९२ जना गरि जम्मा ६ हजाार ३ सय ८९ जनाले चालु आर्थिक बर्षमा बहिरग सेवा लिएका छन । त्यसैगरि जेष्ठ नागरिक ४६८ जना, स्तनपायी आमाहरु ११३ जना, पन्चकर्म सेवा ९२७ जना र क्षारसुत्र ११ गरि १ हजार ५१९ जनाले विशेष कार्यक्रम अन्र्तगत सेवा लिएका हुन । चालु आवमा सघिय ससर्त अनुदान तर्फ बितिय प्रगति २१ दशमलव ७ प्रतिशत एकिकृत स्वास्थ्य सरसफाई वितिय प्रगति ३६ प्रतिशत रहेको छ । पुजिगत प्रगति ६२ दशमलव ८६ प्रतिशत र भौतिक प्रगति ६६ दशमलव १६ प्रतिशत रहेको छ । उक्त कार्यक्रममा आयुर्वेद औषधलाय र नागरीक आयुर्वेद आरोग केन्द्रका प्रमुखहरुले पनि आफ्नो संस्थागत प्रगति प्रस्तुत गरेका थिए ।