भागीरथी हत्याबिरुद्ध अखिलको बिरोध प्रर्दशन
- बिहिबार माघ २९ , २०७७
बर्दिया । भागरथी भट्टको हत्यारालाई कडा कारवाहीको मागगर्दै अखिल (क्रान्तिकारी) ले बिरोध कार्यक्रम गरेको छ । घटनाको सत्यतथ्य छानविनगर्दै दोषीलाई हदैसम्मको कारवाहीको मागगर्दै भेरी कर्णाली ब्युरो अन्तरगत बर्दिया र सुर्खेत जिल्लामा विरोध गरिएको हो ।
भेरी कर्णाली ब्युरो अन्तर्गतका बर्दिया, सुर्खेत लगाएतका जिल्लाहरुमा अखिल (क्रान्तिकारी) ले बिरोध कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी) भेरी कर्णाली सदस्य लोकेश राज जोशीले जानकारी दिए ।