बर्दियामा सहिद दिवसको अवसरमा १६ पिन्ट रक्त संकलन
- आइतबार माघ १६ , २०७८
चुरेकुञ्ज, बर्दिया । सहिद दिवसका अवसरमा बर्दियाको गुलरियामा आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरिएको छ । नयाँशिरा युवा क्लव गुलरिया बर्दियाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम मार्फत १६ पिन्ट विभिन्न समूहको रगत संकलन गरिएको नयाँशिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । क्लवले जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजनागर्दै आएको छ । नेपाल रेडक्रस सोसाईटी बर्दियाको समन्वयमा रक्तदान जीवनदाान, जीवनदान महादानको अभियानसहित रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् ।
रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले रक्तसंकलक प्राविधिकलाई रक्तसंकलन ब्याग हस्तान्तरणगर्दै क्लवले गरेको सह्नीय कार्यभन्दै प्रशंसा गरेका छन् । युवाहरुले गरेको कार्यले गुलरिया नगरवासिलाई लाभ हुने बताए । कोभिड महामारीका बेला गरिएको रक्तसंकलन कार्य अत्यन्त फलदायी रहेको बताए ।
कार्यक्रममा नयाँशिरा बहुउद्देश्यिय सहकारी संस्था लि.का अध्यक्ष गेहेन्द्रप्रसाद ढकाल, नेकपा समाजवादीका ईन्द्रबहादुर रावल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले क्लवले आयोजना गरेको रक्तदान कार्यक्रमको खुलेर प्रशंसा गरेका छन् ।