fbpx

बर्दियामा धनमाल चोरीको आरोपमा ५ जना प्रहरी नियन्त्रणमा

बर्दियामा धनमाल चोरीको आरोपमा ५ जना प्रहरी नियन्त्रणमा


हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले बाँसगढी नगपालिकाको विभिन्न घरहरुमा मानिस नभएको मौका छोपी घरबाट गरगहना र नगद चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गत शुक्रबार बाँसगढी नगरपालिका वार्ड नं. २ अच्छरियाबाट सुन चाँदीको गहना सहित नगद एक लाख २५ हजार चोरी गरेको आरोप उनीमाथी छ ।

दाङ्ग जिल्ला तुलसीपुर उप महानगपालिका वार्ड नं. १२ टरिगाउँका वर्ष २३ को नरेन्द्र परियारलाई इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । बिहीबार मात्र बर्दिया प्रहरीले बारबर्दिया नगरपालिका वडा नं. ७ मा रहेको किराना पसलको भित्ता फोडी नगद तथा रिचार्ज कार्डहरु गरी २३ हजार रुपैया बराबरको सामान र मधुवन नगरपालिका वडा नं.५ स्थित घरबाट घरमा कोही नभएको समयमा घर भित्र प्रवेश गरी बाकस तोडफोड गरी २ लाख ४० हजार रुपैया बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ ।

बर्दियाका विभिन्न स्थानमा चोरी गरी फरार रहेका बारबर्दिया नगरपालिका वडा नम्बर ७ का छविलाल जैसी, मधुवन नगरपालिका ६ बस्ने बर्ष २१ को बिशाल खड्का र विजय खड्का, वडा नं. ८ बस्ने बर्ष २२ को सुरज वलीलाई बर्दियाको सानोश्री र बाँकेको नेपालगन्ज बाट पक्राउ गरेको थियो शाहीले जानकारी दिए । दिनप्रतिदिन बढ्दै गईरहेको चोरी तथा लुटपाटका घटनाहरुलाई मध्येनजर गर्दै यस्ता प्रकारका घटना घट्न नदिन र घटना पश्चात फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बर्दियाले विषेश अप्रेशन टोली तयार पारी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शाहीले जानकारी दिए ।

तपाइको मत