निर्वाचनका मनोमालिन्य त्याग्नुपर्छ : कांग्रेस सहमहामन्त्री पाण्डे
- बिहिबार माघ १३ , २०७८
चुरेकुञ्ज, ठाकुरबाबा । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसले संचालन गर्ने हरेक कार्यक्रमले युवा पुस्तालाई सम्बोधन तथा आकर्षण गर्नु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस ठाकुरबाबा नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनगर्दै नेता पाण्डेले युवा पुस्ताले भावी पुस्तालाई राम्रो देश सुम्पन्न क्रियाशिल हुनुपर्ने वताउनु भएको छ ।
पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका मनोमालिन्यहरुलाई त्यागेर अघि बढ्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । सहमहामन्त्री पाण्डेले संविधानमा भएको व्यवस्था अनुरुपनैं तीनवटै तहको निर्वाचन समयमै हुनुपर्ने विचार व्यक्तगर्दै संगठन निर्माणका लागि ४ ब अर्थात बिचार, बिधान, बैठक र व्यवस्थापन पक्षलाई ध्यान दिएर अगाड़ी बढ्नु पर्ने धारणा राख्नु भयो ।
राष्ट्रिय सभा निर्वाचनका पश्चात धनगढीबाट काठमाडौ फर्कने क्रममा भुरिगाऊँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, बर्दियाका पूर्वसचिव विद्या प्रसाद खनाल र ठाकुरबाबा नगर सभापति पदमबहादुर खड्काले सहमहामन्त्री पाण्डेको स्वागत गर्दै आवधिक निर्वाचन, पार्टी संगठनका वारेमा स्पष्ट पारिदिन आग्रह गर्नु भएको थियो