fbpx

प्रशासन कार्यालय बर्दियाका कर्मचारीमा कोरोना संक्रमण

प्रशासन कार्यालय बर्दियाका कर्मचारीमा कोरोना संक्रमण


हरिवंश पाण्डे, बर्दिया जिल्ला प्रशासन कार्यलय बर्दियाका अधिकांस कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयद्वारा दिइने शान्ति सुरक्षा बाहेकका सम्पूर्ण सेवाहरु स्थगित गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सूचना जारीगर्दै माघ १५ गते सम्मका लागि सेवा स्थगित भएको जानकारी गराएका छन् ।

अधिकांस कर्मचारीहरु कोरोना पोजेटिभ भई होम आईसोलेशनमा भएका कारण सेवा प्रवाहमा कठिनाई आएपछि शान्ति सुरक्षा बाहेकका प्रशासनका सबै सेवाहरु बन्द गरिएको जनाईएको छ । बर्दियामा सोमवार एकैदिन १ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय सीमा नाकाहरुमा कडाईगर्दै स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

तपाइको मत