fbpx

स्थानिय निर्वाचन जित्नेलाई टिकट दिन्छौ ईच्छा राख्नेले आजै आम जनताको बिचमा जानुस : संजय कुमार गौतम

स्थानिय निर्वाचन जित्नेलाई टिकट दिन्छौ ईच्छा राख्नेले आजै आम जनताको बिचमा जानुस : संजय कुमार गौतम


चुरेकुञ्ज, बर्दिया । आगामी स्थानियतहको निर्वाचनमा चुनाव जित्नेलाई टिकट दिने नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व सिंचाई मन्त्री एवम् संघीय सांसद संजयकुमार गौतमले बताएका छन् । नेपाली काँग्रेस बढैयाताल गाउँपालिका वडा नम्वर १ को कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गौतमले स्थनियतहमा चुनाव लड्न ईच्छा भएका नेताहरुलाई आजै आम जनताका विचमा पुगेर जनमत जित्न आग्रह गरेका हुन् ।

स्थानिय निर्वाचन बैशाकमै हुने दावीगर्दै आम जनताको मनोभावनालाई बुझेर अघि बढ्न उनले निर्देशन दिए । स्थानियतहमा वडाको सरकार सबैभन्दा महत्वपूर्ण हुने भएकाले जिल्लाका सबै वडाहरु जित्नेगरी तयारी थाल्नुपर्ने उनको भनाई छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट विपीले निर्माण गरेको कांग्रेस पार्टीको केन्द्रिय सदस्य पदमा पुर्याउने सबैप्रति अनुग्रहित भई आभार ब्यक्तगरे । काँग्रेसको आन्तरिक अधिवेशनका बेला पार्टीमा विचार खेल्नु अस्वभाविक नभएकोले निर्वाचनका सबै तिक्तता विर्सेर अघि बढ्न सुझाव दिए ।

पार्टी भित्र विचारमा विभक्त हुनु नौलो कुरा होईन तर स्वार्थ समूहको आकार लिनु हुँदैन । सानो तिनो कुरामा अल्मलिए स्वार्थ टकराउने भएकाले बर्दिया अधिवेशनको सबै कमीकमजोरी स्विकार्दै आगामी दिनमा सच्चिएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यकर्ता विचको विकसित मनोविज्ञानलाई पहिचान र आँकलन गर्न नसक्नु आफ्नो कमजोरी भएको स्विकारे । बर्दिया निर्वाचन क्षेत्र नम्वर १ आफूले दुःख गरेर निर्माण गरेकाले बचाई राख्न सबै नेता कार्यकर्तालाई उनको अनुरोध छ ।

बढैतालको रामघाट पुल, सिंचाई, बाटो घाटो, विद्यालय ब्यवस्थापन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मिहिनेतले जितेको क्षेत्र नम्वर १ लाई पार्टीका सबै तह र तप्कालाई जोगाउन आग्रह गरे । कम्युनिष्टहरु फुटेकोमा नरमाउन अनुरोधगर्दै आत्मरतिमा रमाए संगठन कमजोर हुनेतर्फ सचेत पारे । पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टीलाई गौण राखेर आत्मकेन्द्रित राजनिति गर्न नहुने नेता गौतमको भनाई छ । कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो ।

तपाइको मत