fbpx

पत्रकार सम्मेलनगर्दै बिदाभए अस्पताल समितिका अध्यक्ष

पत्रकार सम्मेलनगर्दै बिदाभए अस्पताल समितिका अध्यक्ष


अनोज थारु, बर्दिया । बर्दिया अस्पताल बिकास समितिका अध्यक्ष अंगद श्रेष्ठले दुई बर्ष अवधिमा गरेको काम बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ । दुई बर्षको अवधिमा उहाँले आँफु बर्दिया अस्पतालको अध्यक्ष हुनु भन्दा पहिलेको, अहिले र भबिष्यमा बर्दिया अस्पतालबाट जनताहरुले पाउने सेवा सुबिधाको निम्ति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने योजनाका साथ पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

दुई बर्षको अवधिमा सेवाग्राहीहरुलाई सरल र सहज तरिकाले सेवा सुबिधा दिदै प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुर्दशन बराल त्यसैगरी संघिय स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अस्पतालको अवस्था र समस्या बारे जानकारी गराएर अस्पताललाई आवश्यक पर्ने सेवासुबिधा थप गर्न आग्रह गरेको बताउनु भयो । सोही अनुसार अहिले अस्पतालमा थेरापी सेवाका सामाग्रीहरु, इन्डोषकोपी मेशिन, सिकलसेल टेष्ट मेशिन, थाईराईड मेशिनको साथसाथै एक गाडी र एक एम्बुलेन्स पनि प्राप्त गरेको उहाँले बताउनु भयो । त्यसैगरी कोभिड १९ को बेला संघिय सरकारको सहयोगमा अक्सिजन प्लान्ट पनि संन्चालनमा ल्याई कम्प्युटराईज्ड गरी टिकेटिङ्ग, बिलिङ्ग लगायत ल्यावको रिर्पोट दिने कार्य गरीएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी जिल्ला समन्वय समिति, आठ वटै स्थानीय तहहरुको सहयोग र जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा एचडीयू, आईसियु भवन निर्माण गरेको प्रकाश पार्नुभयो । आगामी दिनमा बर्दियाबासीहरुको लागि बर्दिया अस्पतालमा ओपिडी भवन, डायलोसिस सेवा, भेन्टिलेर, आईसियू सेवा संन्चालनमा ल्याउन आवश्यक छ । बर्दिया अस्पतालमा १० जनाको दरबन्दी रहेता पनि हाल सम्म एमडिजिपि २ जना, सर्जन १ जना र बालरोग बिशेषज्ञ १ गरी ४ जना बिशेषज्ञ डाक्टरहरु रहेका छन् । तर बर्दिया अस्पतालमा डाक्टरको अवभाव रहेता पनि कामप्रतिको योगदानको कारण लुम्बिनि प्रदेशका १३ अस्पताल मध्य बर्दिया अस्पताल २ पटक पहिलो हुन सफल रहेको बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले बताउनु भयो ।

अस्पतालमा अध्यक्ष श्रेष्ठको भुमिका प्रेरणादायी रहेको प्रमुख पाण्डेयको भनाई छ । अस्पतालले श्रेष्ठको एक कार्यक्रमका विच विदाई गरेको छ । अस्पतालका अध्यक्ष अंगद श्रेष्ठ, प्रदेश सरकारको मन्त्री परिषदको निर्यण बमोजिम २०७६ सालमा बर्दिया अस्पतालको अध्यक्षमा ३ बर्षको लागि नियुक्ति पाउनु हुनु भएको थियो । प्रादेशिक सरकारको निर्णय अनुसार लुम्बिनि प्रदेशमा रहेका सम्र्पुण अस्पताल बिकास समिति खारेज गरेको कारण आँफुले १ बर्ष अझै बाँकी भएपनि जिम्मेवारीको उत्तरदायिबाट वाहिरिनु परेको बताउनु भयो ।

तपाइको मत