fbpx

बारबर्दिया नगरपालिकालाई वालविवाह मुक्त बनाइने

बारबर्दिया नगरपालिकालाई वालविवाह मुक्त बनाइने

चुरेकुञ्ज, गुलरिया । बारबर्दिया नगरपालिकालाई वि.सं. २०८० भित्र बालविवाह मुक्त पालिका बनाईने भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा संचालित बाल संरक्षण परियोजनाको आयोजना तथा पालिकाको समन्वयमा भएको ३ दिने बालविवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिका सहभागिले पालिकालाई वालविवाह मुक्त बनाउने बताएका हुन ।

नगर उपप्रमुख अन्जु दहितले नगरपालिकाले संस्थाको सहयोगमा बाल संरक्षण निति, कार्यविधि र बालविवाह विरुद्ध रणनैतिक योजना तयार गरी कार्यान्वय गरिरहेको जानकारी गराउनु भयो । उपप्रमुख दहितको अध्यक्षतामा पालिकालाई बाल विवाह मुक्त घोषणा गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले गोष्ठि आयोजना गरिएको थियो । गोष्ठीले पालिकामा बाल विवाहको अवस्था, चुनौती विषयमा छलफल गर्दै घोषणा गर्ने क्रममा आवश्यक मापडण्द र सुचकको बारेमा छलफल भएको थियो ।

गोष्ठिको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, बारबर्दिया नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख, नगरप्रवक्ता, सुरक्षाकर्मी लगाएतको उपस्थिति थियो । बाँके यूनेस्को क्लवले बाल परियोजना बर्दियाका ४ वटा पालिकालमा विभिन्न जनचेतना मुलक कार्यक्रम र निति बनाउने काम गर्दै आएको क्लवका फिल्ड सुपर भाईजर जनक चौधरीले जनकारी दिनुभयो । कार्यशाला गोष्ठीको सहजीकरण जगदिश थापाले गर्नु भएको थियो ।

तपाइको मत